+
+
Shares

फाल्गुनन्दको मार्गदर्शनले सभ्य समाज निर्माणमा बल पुगेको छ : राष्ट्रपति

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २५ गते १३:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति रामचन्द्र पौडेलले महागुरु फाल्गुनन्दको मार्गदर्शनले समाजलाई नैतिक, सभ्य र एकताबद्ध बनाउन योगदान पुर्‍याएको बताएका छन्।
  • उनले फाल्गुनन्दले सामाजिक रूढिवादको अन्त्य गर्दै धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्न योगदान पुर्‍याएको उल्लेख गरेका छन्।
  • राष्ट्रपति पौडेलले फाल्गुनन्द जयन्तीले सहिष्णुता, सद्भाव, सुशासन, अहिंसा र समाज सुधारको अभियानमा सक्रिय रहन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।

२५ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महागुरु फाल्गुनन्दको मार्गदर्शनले समाजलाई नैतिक, सभ्य र एकताबद्ध बनाउन योगदान पुर्‍याएको बताएका छन् ।

किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्द जयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले सामाजिक रूढिवादको अन्त्य गरी समाजलाई सही बाटो देखाउन फाल्गुनन्दले पुर्‍याएको योगदान स्मरणीय रहेको बताएका हुन् ।

फाल्गुनन्दको मार्गदर्शनले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन योगदान पुर्‍याएको राष्ट्रपति पौडेलले उल्लेख गरेका छन् ।

‘किरात धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने राष्ट्रिय विभूति फाल्गुनन्दले समाज सुधारका लागि खेलेको भूमिकाको कदर गर्दै नेपालका विभिन्न जिल्लामा विशेष कार्यक्रम आयोजना गरी उहाँको जन्मजयन्ती मनाउने गरिन्छ,’ राष्ट्रपति पौडेलको शुभकामना सन्देशमा उल्लेख छ ।

महागुरु फाल्गुनन्दले धार्मिक गुरु तथा सामाजिक अभियन्ताका रूपमा समाज सुधार, धर्म, भाषा, लिपि र परम्पराको संरक्षण तथा विकासमा महत्त्वपूर्ण काम गरेको पनि सन्देशमा जनाइएको छ ।

राष्ट्रपति पौडेलले फाल्गुनन्द जयन्तीले सबैलाई सहिष्णुता, सद्भाव, सुशासन, अहिंसा र समाज सुधारको अभियानमा सक्रिय रहन थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?