Comments Add Comment

प्रधानमन्त्री चयनसँगै सेयर बजारमा हरियाली, मनोवैज्ञानिक प्रभाव


३ फागुन, काठमाडौं । नयाँ सरकार गठनको तयारी सुरुभएसँगै सेयर बजारमा एकै दिन ३६ अंकले बढेर १४ सय २४ विन्दुमा नेप्से परिसूचक पुगेको छ ।

‘नयाँ सरकार बनेपछि बजारले डेढसय बिन्दुसम्म बढ्छ भन्ने अपेक्षा लगानीकर्तामा थियो, यही मनोविज्ञानको प्रभाव हो,’ नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका पौडेलले भने ।

उनीले सेयर बजारको दिर्घकालिन सुधारको लागि सरकारले बजारलाई सम्बोधन हुनेगरि नीति नियम बनाउनु पर्नेमा जोड दिए ।
‘कुल गाहस्र्थको करिब ६० प्रतिशत बराबरको बजारलाई सरकारले नीतिगत रुपमा हालसम्म सम्बोधन गरेको छैन । सरकारले नीतिगत व्यवस्था गर्ने नियामकहरुलाई निर्देशित गर्न सक्नुपर्छ,’ पौडेलको जोड छ ।  नेपालको सेयर बजारको आकार १६ खर्ब ६६ अर्ब बराबर छ ।

हाल बजारमा बैंकले कुल कर्जा लगानी मध्ये दुई प्रतिशत बराबर मात्र गरेकोले यसमा पनि सम्बोधन हुन आवश्यक रहेको उनी बताउछन् ।
बजार वृद्धिको अपेक्षामा रहेकै कारण विहीबार लगानीकर्ताहरुले दोब्बरले लगानी वृद्धि गरेका छन् । ६६ करोड रुपैयाँको सेयर किनबेच यसदिन भएको छ । उच्च कारोबार हुनेमा वाणिज्य बैंक अग्रस्थानमा छन् ।

कुमारी, नेपाल इन्भेष्टमेन्ट, सानिमा, नबिल, एभरेष्ट, एनएमबी र नेपाल बैंकको सेयर कारोबार उच्चले बढेको छ । कुमारी बैंक र एनएमबी बैंकको तोकिएको चुक्ता पुँजी पुग्न बाँकी रहेको र अन्य बैंकहरु हाल सबल बैंकको रुपमा देखिएकोले पनि कारोबार बढेको हो । कुमारीको सबैभन्दा धेरै तीन करोड ४८ लाख रुपैयाँको सेयर किनबेच भएको हो ।

यसदिन सबै समूहको परिसूचक बढेको छ । आठ समूहमा दुई देखि तीन प्रतिशतसम्म वृद्धि भएको छ । होटेल र ‘अन्य’ समूहको परिसूचक मात्रै एक प्रतिशतसम्म बढेको छ ।

बजार बढेपनि १० कम्पनीको मूल्य मात्र घटेको छ । एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्डको मूल्य सबैभन्दा धेरैले घटेको हो । फण्डको मूल्य तीन प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment