Comments Add Comment

जोय पपैयाको ब्राण्ड एम्बेस्डरमा अदिती बुढाथोकी


‘जोय’ कम्पनीको उत्कृष्ट उत्पादन जोय पपैया सन् डेल्ली नोर्सिङ सनस्क्रिन क्रिमले आफ्नो ब्राण्ड एम्वेस्डरको रुपमा नेपाल तथा भारतकी चर्चित मोडल तथा नायिका अदिती बुढाथोकीलाई अनुबन्ध गरेको छ ।

सोसम्बन्धी सम्झौतापत्रमा नेपालका लागि जोय कम्पनीका एकमात्र अधिकृत बिक्रेता एस.एम. इन्टरप्राईजेजका डाइरेक्टर मनिकर्ण केशी र नायिका अदिती बुढाथोकीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

ब्राण्ड एम्वेसडर बुढाथोकीले पपैयासनमा रहेको पपैयाको पोषणले त्वचालाई सूर्यको हानिकारक विकिरणबाट जोगाई त्वचामा स्वस्थता प्रदान गर्दै चम्किलो बनाउने बताउँदै आफूले धेरै वर्षदेखि पपैया सन प्रयोग गर्दै आएकोसमेत दावी गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment