Comments Add Comment

एइबरविरुद्ध बार्साको संघर्षपूर्ण जित


६ फागुन, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले एइबरविरुद्धको खेलमा संघर्षपूर्ण जित निकालेको छ । १० खेलाडीमा सीमित एइबरलाई शनिबार राति बार्साले २-० ले हराएको छ । बार्साको जितमा लुइस स्वारेज र जोर्डी अल्बाले गोल गरे ।

मेस्सीको सहयोगमा स्वारेजले १६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि अर्को गोल गर्न बार्सालाई ८८ मिनेटसम्म संघर्ष गर्नुपर्‍यो । ६६ औं फाबियान ओरियाना रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एइबर १० खेलाडीमा सीमित भएको फाइदा बार्साले उठायो र ८८ औं मिनेटमा अल्बाले अर्को एक गोल थपेका थिए ।

यो जितपछि बार्साले २४ खेलबाट ६२ अंकसहित पहिलो स्थानमा छ । २३ खेल खेलेको एथ्लेटिको मडि्रड ५२ अंकसहित दोस्रो स्थानमा छ ।

शनिबार राति नै भएका अरु खेलमा भ्यालेसिन्याले मालागालाई र सेभिल्लाले लास पालमसलाई समान २-१ गोल अन्तरले हराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment