Comments Add Comment

निर्वाचन खर्चिलो बन्दै गएकोमा सरोकारवालाको चिन्ता

८ फागुन गुल्मी । गुल्मीमा मंगलबार भएको एक कार्यक्रममा निर्वाचन खर्चिलो बन्दै गएको प्रति चिन्ता व्याक्त गरेका छन् ।

निर्वाचन दिवसको अवसरमा जिल्ला निर्वाचन कार्यालय गुल्मीको आयोजनामा स्वच्छ, स्वतन्त्र निर्वाचन र निर्वाचनमा समावेशिता विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले निर्वाचन खर्चिलो भएको प्रति चिन्ता व्यक्त गरेका हुन् ।

सहभागिहरुले पछिल्लो समयमा भएका निर्वाचनको अबस्था हेर्दा सामान्य व्यात्ति निर्वाचनमा उम्मेदवार बन्न नसक्ने अबस्था सिर्जना हुन थालेकोले यसबारे सबैले ध्यान दिन आग्रह गरेका थिए ।

२०१५ साल फागुन ७ गते भएको पहिलो निर्वाचनको सन्दर्भमा गत वर्षदेखि अन्तरक्रिया कार्यक्रम गर्न लागिएको हो ।

कार्यक्रममा निर्वाचनमा नागरिक, कर्मचारी, निर्वाचन आयोग, राजनीतिक दल, निर्वाचन कार्यलय, नागरिक समाज लगायतको भूमिकाको बिषयमा छलफल भएको थियो ।

राजनीतिक दलले महिलालाई प्रदेशमा उपसभामुख, स्थानिय तहमा उपप्रमुख तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि समानुपातिकतर्फ मात्रै सिमित गर्न खोजेकेा लगायतका विषयमा पनि अन्तरक्रियामा आवाज उठाएका थिए ।

अन्तरक्रियामा सहभागिहरुले स्वतन्त्र हुन नसकेको र कुनै न कुनै किसिमले मतदातामा प्रभाव पार्ने क्रियाकलापहरु नरोकिएको बताएका थिए । जसरी पनि चुनाव जित्नुपर्ने प्रवृत्तिका कारण निर्वाचन स्वस्च्छ हुन नसक्ने सहभागिहरुले बताएका थिए ।

कार्यक्रममा गुल्मीका प्रमखु जिल्ला अधिकारी गोपाल अर्यालले निर्वाचन बारे प्रस्तुति पेस गेरका थिए ।

अन्तरक्रियामा कार्यक्रममा जिल्लास्थित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment