Comments Add Comment

सानिमा बैंकको सात नयाँ शाखा सञ्चालनमा


१६ फागुन, काठमाडौं । सानिमा बैंक लिमिटेडले डडेलधुराको अमरगढी, कैलालीको टिकापुर, पाल्पाको तान्सेन, उदयपुरको गाईघाट, सप्तरीको राजबिराज,इलामको माई र इलाम (बजार) गरी सात वटा नयाँशाखाकार्यालय स्थापना गरी बैंकिङ सेवा थप बिस्तार गरेको छ ।

अमरगढी र टिकापुरशाखा कार्यालय उद्घाटन बैंकका ब्राण्ड प्रवद्र्धक वरिष्ठ कलाकार हरीवंश आचार्य र संचालक भरत बहादुर थापाद्वारा संयुक्त रुपमा भयो । तान्सेन शाखा कार्यालय उद्घाटन ब्राण्ड प्रवद्र्धक द्वय आचार्य र मदन कृष्ण श्रेष्ठका साथै संचालक थापाले गरे ।

बैंकका संचालक थापाले समस्त ग्राहक वर्गको थप सेवा तथा सुविधाका लागि सानिमा बैंकले शाखा बिस्तार गर्दै जाने नीति लिएको बताए । साथै, ग्राहकतथा सम्पुर्ण सरोकारवलाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्तगर्दै थप शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पुयार्उने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment