Comments Add Comment

नेपालविरुद्ध शतक हान्ने जिम्बाब्वेका दुबै खेलाडी आउट


२० फागुन, काठमाडौं । विश्वकप छनोट खेलमा नेपालविरुद्ध शतक प्रहार गर्ने दुबै खेलाडी आउट भएका छन् ।

शतक पूरा गर्ने खेलाडीमध्ये शिकन्दर राजा क्याच आउट भए भने ब्रेन्डन टेलरलाई सोमपाल कामीले आउट गरे ।

जिम्बाब्वेको क्वीन्स स्पोर्टस् क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेका लागि शिकन्दरले १२३ रन बनाएर आउट भए भने ब्रेन्डन टेलर १०० रनमा आउट भए ।

नेपालका लागि बसन्त रेग्मीले २, सोमपाल कामी, ललितनारायण राजवंशी र सन्दिप लामिछानेले १/१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment