Comments Add Comment

महिला साफः पहिलो हाफमा बंगलादेशविरुद्ध नेपाललाई ३-० को अग्रता

२ चैत्र, विराटनगर । साफ महिला च्याम्पियनसिप फुटबलमा आयोजक नेपालले बंगलादेशविरुद्ध पहिलो हाफसम्म ३-० गोलको अग्रता बनाएको छ ।

विराटनगरको शहिद रंगशालामा समूह ए को अन्तिम खेलमा नेपालले बंगलादेशविरुद्ध ३-० गोलको अग्रता बनाएको हो ।

खेलको छैटौं मिनेटमा बंगलादेशका खेलाडीले आत्मघाती गोल गरेपछि नेपालले १-० गोलको अग्रता बनाएको थियो । यसअघि खेलको छटौं मिनेटमा नै सावित्रा भण्डारीले वान भर्सेस् वानको स्थितिमा गोल गर्न चुकिन् । उनले किपरलाई पनि छक्याएर गोल गर्ने हुदा असफल भएकी थिइन् ।

खेलको १०औं मिनेटमा कप्तान निरु थापा पनि वान भर्सेस् वानमा चुकिन् । उनले प्रहार गरेको बल पोष्टको केही परबाट बाहिरिएको थियो ।

२३औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई २-० गोलको अग्रता दिलाएकी थिइन् । उनले डिफेन्डरलाई छक्याएर किपरलाई पनि बिट गर्दै गोल गरेकी थिइन् । खेलको २८औं मिनेटमा नेपालले अर्को गोल थप्न सफल भयो । यो पटक मञ्जलीकुमारी योञ्जनले गोल गर्दै नेपाललाई ३-० गोलको अग्रता दिलाइन् ।

आजको खेलमा बंगलादेशलाई नेपालले पराजित गरेमा समूह ए को विजेता बन्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment