Comments Add Comment

‘पंचायत’को कथा अर्गानिकः सरोज खनाल


चैत्र २ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘पंचायत’ अर्गानिक चलचित्र भएको यसको निर्माणपक्षले बताएको छ । चलचित्रको रिलिज मिति नजिकिदै गर्दा यसको यूनिट मोफसल दौडमा छ ।

चलचित्रको बारेमा जानकारी दिन चितवनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै यसका निर्देशक शिवम् अधिकारीले ऐतिहासिक र मौलिक खालको चलचित्र बनेको भन्दै दर्शकको माया पाउने विश्वास व्यक्त गरे ।

चलचित्रका मुख्य कलाकार सरोज खनालले लामो समयसम्म अभिलेख गरेर राख्न सकिने चलचित्र बनेको दाबी गरे । उनले, चलचित्र अर्गानिक बिषयमा बनेको बताए । नायिका नीता ढुंगानाले चलचित्रको कथामा मौकिलपन र आफ्नोपन भएको बताइन् । उनले गर्व गर्न लायक चलचित्र बनेको भन्दै दर्शकले रुचाउनेमा आशावादी रहेको बताइन् । यस्तै, चलचित्रका निर्माता गणेश गिरीले मुख्य कलाकारले काम गरेको पैसा पनि नलिएकाले यो चलचित्र सबैको साझा भएको बताए ।

चलचित्रका कार्यकारी निर्माता रवि अधिकारीले चलचित्रको कथावस्तु उत्कृष्ट रहेको सुनाए । सुशान्त श्रेष्ठ, शंकर सुवेदी, गणेश गिरी लगायतको लगानी रहेको चलचित्रले वि.सं २०३३ सालको पंचायती व्यवस्थाको कथा भन्छ । चलचित्रमा रुपा राना, गिता अधिकारी, गणेश गिरी, विशाल पहारि, जाहन्वी बस्नेत, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको पनि अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment