Comments Add Comment

गुल्मीमा करिब पाँच हजारले माध्यामिक शिक्षा परीक्षा दिँदै

२८ फागुन गुल्मी । आगामी चैत्र ८ गतेदेखि २० गतेसम्म सञ्चालन हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षामा गुल्मीबाट करिब पाँच हजार विद्यार्थीले परीक्षामा सहभागिता जनाउने भएका छन् ।

यो वर्ष नियमित तर्फ मात्रै चार हजार ८८८ जना सहभागी हुने भएका छन् । एक्जाम्टेड तर्फ ६८ जना विद्यार्थी परीक्षामा सहभागी हुने जिल्ला शिक्षा कार्यालय गुल्मीले जनाएको छ । प्राविधिक तर्फ भने ९७ जना विद्यार्थी परीक्षा सहभागी हुन जिल्ला शिक्षा अधिकारी टिकाराम शर्माले जानकारी दिए ।

८८ जना विद्यार्थी भने परीक्षा दिनबाट बञ्चित भएका छन् । बञ्चित हुने मध्ये ७५ प्रतिशत हाजिर नपुगेका तथा विभिन्न कारणले विद्यालय छोडेका हुन् । गत वर्ष ११७ जना विद्यार्थी परीक्षा दिनबाट बञ्चित भएका थिए ।

गुल्मीमा परीक्षा सञ्चालनका लागि जिल्ला विभिन्न स्थान २७ परीक्षा केन्द्र तोकिने भएको छ । गत वर्ष तोकिएकै केन्द्र संख्यालाई यस वर्ष पनि कायम राखिने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment