२९ फागुन, काठमाडौं । प्रहरीले विशेष सुराकीको आधारमा काठमाडौंको लाजिम्पाटमा रहेको द इम्परियल क्याफेमा चेकजाँच गर्दा दुई जना लागूऔषध चरेशसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रोल्पा तालावाङ–५ घर भइ नवलपरासीको गैडाको बस्दै आएका ३२ वर्षीय विजय घर्ती मगर र म्यादीको बाबियाचौर–४, घर भइ हाल कास्कीको नदिपुर बस्ने ३० वर्षीय सुमन रोक्का मगर छन् ।
भारतबाट रक्सौल र अन्य नाका हँदै काठमाडौंमा लागूऔषध भित्रिने गरेको छ । र, राजधानीका विभिन्न होटल, रेस्टुरेन्टमा बसेर सेवन र बेचविखन हुने गरेको प्रहरीको भनाइ छ ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4