+
+

गुल्मीमा गुफाभित्र व्यवसायीको बैठक

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १ गते १८:१५

१ चैत, गुल्मी । गुल्मी उद्योग वाणिज्य संघको बैठक धुर्कोट गाउँपालिका-५ वस्तुको विचित्र गुफा भित्र बसेको छ ।

आगामी १६ चैत्रदेखि २५ गतेसम्म सञ्चालन हुने तेस्रो गुल्मी महोत्सवको प्रचार प्रसारसँगै प्राकृतिक रुपमा अत्यन्तै सुन्दर भएपनि प्रचारप्रसारको कमीले गुफा ओझेलमा परेको भन्दै गुफाभित्रै वैठकको आयोजना गरिएको महोत्सव प्रचार संयोजक श्रीप्रसाद भलामीले बताए ।

महोत्सव मुल आयोजक समिति र गुल्मी उद्योग वाणिञ्य संघका पदाधिकारी र धुर्कोट गाउँपालिका जनप्रतिनिधिहरुको टोली गुफा पुगेका थिए ।

टोलीले गुफाको विभिन्न अवस्थाको अवलोकन गर्नुका साथै आगामी विकास र समृद्धिका बारेमा छलफल गरेको महोत्सव मुल समिति संयोजक दुर्गाप्रसाद पाण्डेले बताए ।

टोलीले आगामी दिनमा बिचित्र गुफाको भौतिक संरचना विकासका साथै प्रचारप्रसारमा अग्रणी भूमिका निबार्ह गर्ने निर्णय समेत गरेका छन् ।

सदरमुकाम तम्घासबाट गएको टोलीलाई स्वागत गर्दै धुर्कोट गाउँपालिका उपप्रमुख शिवबहादुर खत्रीले स्थानीय तहसंगै हातेमालो गरेर गुफाको विकासमा लाग्न सबैलाई आग्रह गरे ।

बिचित्र गुफा २०४५ सालमा ढेंडु लखेट्दै जाने क्रममा फेला परेको स्थानीय बताउँछन् । बिचमा धेरै समय गुफा अस्तव्यस्त नै रहृयो । पछिल्लो समेत स्थानीयले नै समिति बनाएर केही रेखदेख र संरण गरिरहेका छन् । तर, त्यो पर्याप्त छैन ।

उद्योगी व्यवसायी तथा महोत्सव अायोजकको बैठक बसेको गुफा ।

गुफाको विकासका लागि चासो र आश्वासन मात्र दिइरहँदा समितिलाई समेत समस्या भैरहेको छ ।

‘अहिलेसम्म स्थानीय स्रोत केही थिएन,हामी सकेजति गुफाको रेखदेख र संरक्षण गरेका छौं,’विचित्र गुफा संरक्षण तथा विकास समितिका अध्यक्ष युवराज भण्डारीले भने,’तर यसको जति सुरक्षा हुनुपर्ने हो, त्यति दिन मुस्किल परिरहेका छ ।’

ताला लगाएको अवस्थामा पनि चोरी हुने गरेकाले गुफाको सुरक्षा र संरक्षणका स्थानीयले मात्र चासो दिएर नहुने उनले बताए ।

स्थानीयकै पहलमा विचित्र गुफा संरक्षण तथा विकास समितिले आगन्तुकसँग लिएको शुल्क र अरु सहयोगबाट गुफाको रेखदेख गर्दै आएको छ । उचित संरक्षण र सुरक्षा नहुँदा गुफाभित्रका अनौठा आकृतिहरु चोरी भएको भण्डारीले बताए ।

कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वदन गर्न भन्दै गुल्मीमा यही आउँदो चैतमा तेस्रो गुल्मी महोत्सव हुँदैछ । गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा हुने महोत्सवको ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा स्वास्थ्य,कृषि, पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?