Comments Add Comment

फिजियो थेरापी सेवा विस्तार भएपछि बिरामीलाई सहज

४ चैत, डडेल्धुरा । प्रदेश नं ७ को उपक्षेत्रीय अस्पताल डडेल्धुराले फिजियो थेरापी तथा अत्याधुनीक ल्याब सेवा बिस्तार गरेसँगै बिरामीलाई सहज भएको छ ।

उपक्षेत्रीय अस्पताल डडेल्धुराले यसै मंसिरबाट अत्याधुनिक मेसिनसहित फिजियो थेरापी सेवा बिस्तार गरेको छ ।

प्रदेश ७ का पहाडी जिल्लालाई लक्षित गरी पहिलो डडेल्धुरामा पटक फिजियो थेरापी सेवा बिस्तार भएसँगै पहाडी जिल्ला डोटी, बैैतडी, दार्चुला, बझाङ्ग र डडेल्धुराबाट दैनिक १० जना भन्दा बढी बिरामीहरुले सेवा लिइरहेका छन् ।

प्रदेश ७ का डडेल्धुरा लगायत विभिन्न पहाडी जिल्लाहरुबाट नसा, ढाड र खुट्टाको समस्याका साथै बाथ रोगका बिरामीहरुले सेवा लिइरहेकोे उपक्षेत्रीय अस्पताल डडेल्धुराकी फिजियो थेरापी अधिकृत डाक्टर सदिक्षा मुलेेपतीले बताइन् ।

दैनिक उपचारका लागि आउने बिरामीहरुमा ८० प्रतिशत भन्दा बढी दुर्गम गाउँका महिलाहरु भएको डाक्टर सदिक्षाले उनले बताइन । ‘कामको बोझ र समयमै सुत्न नपाउदा ३० देखि ४० वर्ष उमेर समूहका विवाहित महिलाहरुमा बढी नसा र ढाड समस्या देखिन्छ’ उनी भन्छिन ‘ढाड र नसाको रोगबाट पीडित बिरामीहरुलाई आधुनिक ‘लेजर’ बाट उपचार गरीएकपछी अहिले डडेल्धुरा मात्र नभइ अन्य छिमेकि जिल्लाबाट पनि बिरामी आउने क्रम बढ्दो छ ।’

बिगत लामो वर्षदेखि कम्मरको दुखाइबाट पीडित बनेकी बैतडीकी ३५ वर्षीय हेमन्ती ऐर उपचारका लागि धेरै ठाउँ पगुको बताउँछिन् ।

अहिले उपक्षेत्रीय अस्पतालमा फिजियो थेरापी सेवापछि आफूलाई पाइक पर्ने भएपछि सहज भएको उनको भनाइ रहेको छ । ‘भारी बोक्दा कम्मरको नसा च्यापीए पछि उभिन र बस्नसम्म नसक्ने भएको थिए’ उनले दुख पोखिन ।

सहनै नसक्ने दुखाइ भएपछि दुखाइ कम गर्ने औषधि सेवनले झनै कमजोर भएको र करिब एक महिना अघिदेखि फिजियो थेरापी सुरु गरे ५० प्रतिशत भन्दा बढी दुखाई कम भएको उनको भनाइ रहेको छ ।

त्यस्तै बिगत लामो वर्षदेखि खुट्टाको दर्खाइबाट पीडित बनेका उपक्षेत्रीय अस्पताल डडेल्धुरामा फिजियो थेरापी सेवा सुरु भएको थाहा पाएपछि उपचारका आएको बताउँछन् ।

धेरै ठाँउ धाएको र अहिले उपक्षेत्रीय अस्पतालमा फिजियो थेरापी सेवा लिएपछि केही आराम पुगेको बिरामीको भनाइ रहेको छ ।

त्यस्तै उपक्षेत्रीय अस्पताल डडेल्धुर १ महिना अघि बाट मात्रै ल्याबमा अत्याधुनिक मेसीनसहित सेवा दिइरहेको छ ।

पहिला प्रयोगशालाले ठूला-ठूला जाँच दिन नसकेको अवस्थामा विरामीहरुले तराईका जिल्लामा जानु पर्ने बाध्यता रहेको थियो । तर, अहिले ल्याबमा अत्याधुनिक मेसिन आइसकेपछि डडेल्धुरा सहित प्रदेश ७ का अन्य जिल्लाका बिरीमाहरुले सेवा पाइरहेको अस्पतालका ल्याबरोटरी अधिकृत इश्वरी प्रसाल भुसालको भनाइ छ ।

‘अहिले हामीले टेस्टहरु बढाएको छौ, जस्तो कलेजो सम्बन्धी रोग, सुगर तथा हेपाटाइटी सम्बन्धीका विभिन्न टेस्टहरु हामीले दिइरहेका छौ’ उनले भने ‘तुरुन्त थाइराइडको जाँच गर्ने मेसिन आउँदैछ, अब बिरीहरुले धेरै खर्च गरेर तराई जानु पर्दैन ।’

केही वर्ष पहिले लथालिङ्क परेको उपक्षेत्रीय अस्पताल डडेल्धुराले अहिले आफ्नो सेवा विस्तार गरेसँगै दैनिक जसो बिरामीको चाप बढ्दो छ । तर, अहिले पनि अस्पतालले दिने सेवाको बारे जानकारी नपाएर विकट पहाडी जिल्लाका बिरामी भने अनविज्ञ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment