Comments Add Comment

नेप्से परिसूचक स्थिर, स्वेतपत्रको आश

१४ चैत, काठमाडौं । केही दिनयता उच्च उतार चढावमा देखिएको नेप्से परिसूचक बुधबार स्थिर भएको छ । नेप्से करिब ३ अंक (२.९० अंक) ले घटेर १२०४ बिन्दुमा आइपुगेको छ ।

स्वेतपत्र आउने चर्चासँगै मंगलबार बढेको बजार बुधबार केही मत्थर भएको छ । स्वेतपत्रमा सेयर बजारको समेत सम्बोधन हुने अर्थमन्त्रालयले बताएको छ । अर्थमन्त्रालयका अनुसार यही साता स्वेतपत्र जारी हुने सम्भावना रहेको छ ।

बजार घटेपनि कारोबार रकम भने बढेर ५१ करोड ४१ लाख रुपैयाँ पुगेको छ । बुधवार दिनभर भने बजारमा उच्च उतारचढाव देखिएको थियो । उत्पादनमुलक समूहमा रहेको युनिलिभर नेपालको सेयर कारोबार सबैभन्दा धेरै भएको छ । कम्पनीको दुई करोड ५८ लाख रुपैयाँको सेयर किनबेच भएको हो । कम्पनीको प्रति कित्ता सेयर मूल्य २५ हजार एक सय ४५ रुपैयाँ छ ।

लघुवित्त, व्यापारमुलक, होटेल, हाइड्रो र बीमा कम्पनीका परिसूचक घटेका छन् । लगातार बढ्ने क्रममा रहेको राधि जलविद्युतको सेयर मूल्य १० प्रतिशतको वृद्धि सहित एक सय ८७ रुपैयाँमा कारोबार भइरहेको छ । कमाउने प्रमूख १० कम्पनीमा पाँचको सेयर मूल्य दुई सय रुपैयाँ र सो आसपास छ । यीनमा कर्पोरेट डेभलपमेन्ट, सिनर्जी हाइड्रो, रिडी हाइड्रो, न्यादी ग्रुप छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment