Comments Add Comment

कृषिमा लगानीका लागि पूँजीको अभाव हुँदैनः मन्त्री थापा

१८ चैत, पोखरा । कृषि, भूमि ब्यबस्था तथा सहकारी मन्त्री लेखबहादुर थापाले कृषिमा लगानीका लागि पूँजीको अभाव नहुने बताएका छन् ।

पशु सेवा कार्यालय कास्कीले आईतबार आयोजना गरेको ‘कृत्रिम गर्भाधान सम्बन्धी’ अन्र्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री थापाले अब कृषकले ऋण पाईएन वा पूँजीको अभाव भयो भन्ने दिन नआउने बताएका हुन् ।

सहकारीको कुल पूँजीको ३० प्रतिशत कृषिमा लगानी गर्ने बाध्यता बनाइने भएकाले त्यसपछि कृषिमा लगानीका लागि पूँजी अभाव नहुने भन्दै उनले भने,’प्रदेश नम्बर ४ मा ३ हजार १ सय भन्दा बढी सहकारी रहेको र त्यसको कुल पुँजी को ३० प्रतिशत अनिवार्य कृषिमा लगानी गर्नुपर्ने बाध्यात्मक परिस्थिति बनाईनेछ, सहकारीले पूँजीको ३० प्रतिशत मात्र लगानी गर्दापनि अर्बाैं रुपैयाँ कृषकले पाउँछ त्यो पनि सहुलियत दरको ब्याजमा, त्यसपछि कृषिले फड्को मार्छ ।’

सहकारीलाई कुल पूँजीको ३० प्रतिशत कृषिमा लगानी गर्न बाध्य बनाउँदा विरोध आउने र उस्तै परे आफ्नो पुत्लासमेत जलाउनसक्ने भएपनि आफू पछि नहट्ने उनले दृढता व्यक्त गरे । उनले भने,’यो गर्दा विरोध आउँछ भन्ने मलाई थाहा छ, उस्तै परे मेरो पुत्ला पनि जलाउँछन्, तर म त्यो सामना गर्न तयार छु कृषिको विकासका लागि ।’

मन्त्री थापाले कृषिका लागि भूमिको पनि अभाव नहुने दाबी गरे । उनले अहिले २ रोपनी, ४ रोपनी, १० रोपनीमा खेति भइरहेको भन्दै अब त्यसको क्षमता बढाएर २ सय रोपनी, ५० सय रोपनी, १ हजार रोपनी वा त्यो भन्दा बढी जग्गा चक्लाबन्दी गरेर खेती गरिनुपर्ने बताए । त्यसका लागि भूमि वैंक स्थापना गर्ने र त्यसले हजारौं हजार रोपनी जमिन आफ्नो मातहत ल्याएर लिजमा उपलब्ध गराउने बताए । उनले जग्गा बाँझो राख्न नपाउने नीति लिइने र सो बाँझो जग्गालाई भूमप बैंकले नियन्त्रणमा लिएर कृषिमा प्रयोग गर्ने बताए ।

मन्त्री थापाले अब अनुदान दिदा उत्पादनलाई आधार बनाईने बताए । जसले जुन प्रकारको उत्पादन गरेको छ त्यही अनुसार समानुपातिक ढंगले अनुदान पाउने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment