Comments Add Comment

किन भए पल शाह ट्रोलको शिकार ?

के अनमोल, प्रदिप र पलले धानेका हुन् फिल्म नगरी ?

नायक पल शाहलाई चलचित्र ‘म यस्तो गीत गाउँछु’ मा नायक बनाएका निर्देशक सुदर्शन थापाले फेसबुकमा लेखे- ‘फिल्म बोल बच्चन भएर चल्दैन, अभिनयले चल्छ याद गर्नु ।’

सुदर्शनले नायक पल शाहको एक अभिव्यक्ति र त्यसलाई लिएर बनेको ट्रोल भिडियो शेयर गर्दै यस्तो लेखेका हुन् । कलाकार विपना बस्नेतले सोही ट्रोल भिडियो शेयर गर्दै लेखिन्-‘फिल्म नगरी धान्न गाह्रो भयो र भाइहरुलाई ?’

नायक पल शाहले एक इन्टरभ्यूमा भनेका छन्-‘हामी ३ जना, ४ जनाले मात्र धान्न सक्दैनौ । हामी जस्ता १०-१२ जना चाहिन्छ नायकहरु । त्यसपछि बल्ल यो क्षेत्रलाई माथि लाने होनि त ।’

पलले यसो भनेपछि उनको ट्रोलको शिकार भएका हुन् । पलको यो भनाइसँगै के उनी जस्ता १०-१२ जना हिरो भएर मात्र चलचित्र क्षेत्र माथि जान सक्छ होला त भन्ने प्रश्न उब्जन्छ ?

चलचित्र चल्नका लागि स्टार चाहिन्छ कि स्टारको अभिनय र कथावस्तु भन्ने बहस लामो समयदेखि चल्दै आएको छ । केही वर्ष अघिसम्म राजेश हमाल, निखिल उप्रेती, बिराज भट्टको अनुहार देखेरै दर्शक हलमा जान्थे । तर, अहिले समय फेरिएको छ । अहिले, कलाकारको अनुहारले मात्र होइन चलचित्रको विषयवस्तुले दर्शक हलसम्म तान्न मुख्य भूमिका खेल्छ ।

निर्देशक सुदर्शन थापाले भनेजस्तै चलचित्र बोल बच्चनले होइन, अभिनयले चल्छ । अभिनयको कुरा गर्ने हो भने अनमोल केसी, पल शाह, प्रदिप खड्का, सलिनमान बनियाँ जस्ता नायकहरु सर्वाधिक धेरै आलोचित छन् । यसैले, मेरै कारणले र म जस्ता केही हिरो हुँदैमा चलचित्र चल्छ भन्ने भ्रमबाट अहिलेका नायकहरु मुक्त हुन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment