४ बैशाख, काठमाडाैं । नेपाल विद्यार्थी संघले काठमाडौंका सबै ठाउँमा प्रदर्श गर्न पाउनु पर्ने माग गरेको छ ।
सरकारले बिभिन्न ७ ठाउँमा मात्रै प्रदर्शन गर्न पाउनुपर्ने निर्णय गरेको भन्दै नेविसंघले त्यसको बिरोध गरेको हो ।
नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा नेविसंघले मंगलबार प्रदर्शन गर्न पाउनुपर्ने माग गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मालाई ज्ञापनपत्र समेत बुझाएको छ ।
ज्ञापनपत्रमा संविधानमा व्यवस्था गरिएको विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा विना हातहतियार शान्पिूर्वक भेला हुने स्वतन्त्रता सम्बन्धी मौलिक हकबाट समेत बञ्चित गरिएको उल्लखेख गरिएको छ ।
सरकारले जनताको अभिव्यक्तिलाई बन्द गरेर स्वेच्छाचारी मनपरीतन्त्र चलाएको नेविसंघको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4