Comments Add Comment

तस्करसँग मिलेको भन्दै जनकपुर भन्सारमा व्यवसायीले गरे तालाबन्दी

६ वैशाख, जनकपुरधाम । अवैध तस्करी बढेको भन्दै जनकपुर उद्योग वाणिज्य संघले जनकपुर भन्सारमा अनिश्चिकालका लागि तालाबन्दी गरेको छ ।

प्रहरी प्रशासन र नियमनकारी निकायले नै तस्करी गरेर वैध व्यापारीलाई अनावश्यक दुःख दिएको वाणिज्य संघले आरोप लगाएको छ ।

जनकपुर भन्सार कार्यालय, राजश्व अनुसन्धान कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीले मोटो रकम लिएर अवैध तस्करी गराएको भन्दै जनकपुर उद्योग वाणिज्य संघ आन्दोलित भएको हो ।  भन्सार कार्यालयले मोटो रकम लिई तस्करीको लाइन दिएको जनकपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्र भण्डारीले बताए ।

राजश्व बुझाउँदा पनि जयकुमार यादव लगायतका तस्करको समूहले जनकपुर ल्याउँदै गरेको ज १ ख ८७९ नम्बरको गाडीको सामान सशस्त्र प्रहरीलाई बुझाएपछि आन्दोलनमा उत्रिएको संघका महासचिव जितेन्द्र महासेठ बताउँछन् ।

प्रहरी प्रशासन, भन्सार कर्मचारी तथा राजश्व अनुसन्धानले रकम कानून बमोजिम मालसमान भित्र्याउने व्यवसायीको सामान नियन्त्रणमा लिने तर मोटो रकम दिने तस्करको मालसमान रातारात निर्वाध रुपमा ल्याउन दिइरहेको उद्योग वाणिज्य संघको आरोप छ । वैध ढंगले काम गर्न खोज्दा ब्यापारीलाई तस्करको सञ्जालले पटक पटक अवरोध खडा गरेको संघका अध्यक्ष ललित साहले बताए ।

कृष्णनगर भन्सार र जनकपुर भन्सारका केही कर्मचारीलाई विभागमा तानिएको  र अन्य कर्मचारीको गलत कार्यमा संलग्नता देखिए कारवाही हुने राजश्व अनुसन्धान कार्यालय पथलैयाका अनुसन्धान अधिकृत तेजमणि काफ्लेले जानकारी दिए ।

धनुषाको जटही भन्सार नाकाबाट पछिल्लो समय व्यवस्थित तस्करी बढेको छ । ६ चक्के ट्रकमा ल्याइएको लत्ताकपडाको भन्सार महसुल दुईदेखि तीन लाख रुपैयाँ हुन्छ । तर कर्मचारीको मिलोमतोमा उक्त गाडीको मालसामन चेकजाँच नै नगरी ४० देखि ५० हजार मात्र भन्सार राजश्व तिरेर छुट्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment