Comments Add Comment

बथनाहा-कटहरी रेल सपना अधुरै, रेल्वे लाइनको काम अबरुद्ध

७ वैशाख,विराटनगर । विराटनगरवासीको बथनाहा-कटहरी रेल सपना अधुरै रहेको छ । बथनाहा-कटहरी इलेक्ट्रोनिक बब्रोडगेज रेल्वे लाइन निर्माणको काम अवरुद्ध हुँदा रेल सपना अधुरै रहेको हो ।

२३८ करोड भारतीय रुपैयाँमा रेल्वेको काम सुरु भएपनि अहिले अबरुद्ध छ । उत्तर-दक्षिण रेलमार्ग विस्तारमा सहमति जनाएको भारत सरकारले मोरङको सिमावर्ती बथनाहा-कटहरीअन्तर्गत इलेक्ट्रोनिक ब्रोडगेज रेल्वे लाइन निर्माणका लागि ड्याम बनाइसकेको छ ।

दशगजा नजिकबाट भारतीय रेल्वे प्राबिधिकले नेपालतर्फ ट्रयाक खोलेर कटहरीसम्म ल्याइपुर्‍याएको छ । रेल्वेको ट्रयाक खोलेर ड्याम बनाएपनि त्यसपछिको काम भने रोकिएको छ ।

रेल्वे तथा मेट्रो विकास आयोजना विराटनगरले काम नियमित गर्न भारतीय पक्षलाई आग्रह गरिएको जनाएको छ ।

बथनाहा-कटहरी रेलमार्गका लागि नेपाल सरकारले एक सय १४ बिघा जग्गा अधिग्रहण गरेर भारतलाई निर्माणका लागि हस्तान्तरण गरेपछि कोलकातास्थित तातिया एन्ड तातिया कन्ट्रक्सनले तीन वर्षअघि ट्रयाक बनाउन सुरु गरेको थियो ।

बथनाहा-कटहरी रेल्वे मार्ग १८.१ किलोमिटर लामो छ । जसमा १३.१ किलोमिटर नेपालतर्फ र पाँच किलोमिटर भारततर्फ ट्रयाक बनाइनेछ ।

२३८ करोड भारतीय रुपैयाँ लागतमा निर्माण थालिएको उक्त रेल्वे ट्रयाकमा यात्रु र मालवाहक दुवै रेल आउजाउ गर्नेछन् ।

नेपाल सरकारले रेलमार्ग निर्माणका लागि अधिग्रहण गरेको जग्गाको मुआब्जा र क्षतिपूर्ति स्थानीयलाई ४३ करोड रुपैयाँ बाँडिसकेको छ । सिंघिया खोलामा रेलक्रसका लागि पुल निर्माण गरिनेछ ।

कटहरी-३ मा रेल्वे प्लेटर्फम, यात्रु प्रतिक्षालय, कार्यालय भवनसमेत निर्माण गरिनेछ ।

१५ सय मिटर लम्बाइ र १५० मिटर चौडाइ रहेको जग्गामा रेल्वे प्लेटर्फम निर्माण गरिनेछ । भेडियारी र बथनाहामा समेत रेल्वे स्टेसन बनाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment