+
+

८ वर्षीय बालिकालाई बलात्कार गरेर फरार ६० वर्षे वृद्ध समातिए

ध्रुव भट्टराई ध्रुव भट्टराई
२०७५ वैशाख ७ गते १३:०९

७ बैशाख, बिराटनगर । मोरङमा ८ वर्षीय बालिकालाई बलात्कार गरेर फरार ६० वर्षीय वृद्ध जीतबहादुर मगर पक्राउ परेका छन् ।

उनलाई इलाका प्रहरी कार्यालय, बेलबारीको टोलीले झापाको गौरीगञ्ज क्षेत्रबाट पक्राउ गरेको हो ।

यसअघि उनले जिल्लाको सुन्दरहरैंचा नगरपालिका वडा नं–७ की ८ वर्षीया बालिकालाई बलात्कार गरेर फरार भएका थिए । र, जनप्रतिनिधिको दबावमा मिलापत्र गराउने प्रयास भएको थियो ।

बिस्कुट दिने वहानामा घरमा बोलाएर मगरले बालिकामाथि बलात्कार गरेको प्रहरीमा दिइएको जाहेरीमा उल्लेख छ । पीडित बालिकाकी ११ वर्षीया दिदीले त्यो सबै देखेपछि बहिनीको उद्धार गरेर घर लगेकी उल्लेख गरिएको छ ।

लगत्तै, उनलाई बेलबारीको स्वास्थ्य केन्द्रमा समान्य उपचारपश्चात धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचार गर्न लगिएको थियो ।

यो पनि पढ्नुस् 

बलात्कार घटनामा मिलापत्र गर्न जनप्रतिनिधिको ‘दबाव’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?