Comments Add Comment

ट्राफिक नियम संझाउँदै केकी


नायिका केकी अधिकारी आफूले चलचित्र छायांकन गरेको स्थल पुगेकी छिन् । केकीले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को छायांकन कोहलपुरमा गरिएको थियो । नेपाल अटोमोबाइलि एसोसिएसनको सडक दुर्घटना न्यूनिकरण सम्बन्धी अभियानको सुरुवात गर्न केकी कोहलपुर पुगेकी हुन् ।

केकीले ‘सार्वजनिक यातायातको संरक्षण गरौ, सुरक्षित यात्राको लागि ट्राफिक नियम पालना गरौ’ भन्ने मुल नारासहितको ब्यानर समाउँदै सदरमुकाम नेपालगञ्ज र कोहलपुरमा जनचेतना फैलाउने काम समेत गरिन् । बाँकेका फ्यानहरुसँग सेल्फीमा रमाएकी केकीले चलचित्र प्रचार गर्न समेत भ्याइन् ।

विशाल भण्डारीको निर्देशनमा तयार भएको यो चलचित्रमा केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने, वुद्दि तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराई लगायतका कलाकारको मुख्य भूमिका छ । यो चलचित्रको प्रचारका लागि केकीले नयाँ नयाँ आइडिया लगाइरहेकी छिन् ।

केकी र प्रियंकासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment