Comments Add Comment

कर्मचारीले मागे आवासदेखि खाजासम्म, मुख्यमन्त्रीलाई बुझाए ज्ञापन पत्र


१० वैशाख, पोखरा । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती समिति प्रदेश ४ ले प्रदेश निजामती कर्मचारी अस्पताल निर्माण लगायतका १५ बुँदे माग मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई बुझाएको छ ।

ज्ञापन पत्रमा निजामती कर्मचारीका बालबच्चा पढाउन निजामती विद्यालय, सबै स्थानीय तहमा कर्मचारी आवास, सञ्चयकोषको बोनस कोषका कर्मचारी र सञ्चयकर्तालाई समान हुनुपर्ने, कर्मचारीलाई खाजाको व्यवस्था गर्न पनि माग गरिएको छ ।

यसैगरी, संगठनले महिला कर्मचारीका लागि स्तनपान कक्ष, १८० दिन भन्दा बढी काम गरेपछि बिदाको रकम दिनुपर्ने, निर्वाचनमा मताधिकारको ब्यवस्था हुनुपर्ने, राष्ट्र बैंकका कर्मचारीसरह सुविधा, लामो समयसम्म बढुवा नभएका कर्मचारीलाई मानार्थ उपल्लो श्रेणीमा बढुवा हुने अवसर प्रदान गर्नुपर्ने माग पनि राखेको छ ।

करारमा रहेका कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नुपर्ने, निजामती सेवा ऐन बमोजिम अवकास योजना अविलम्व लागू गर्नुपर्ने माग पनि गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री गुरुङले कर्मचारी संगठनले उठाएका जायज मागहरु पूरा गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘प्रदेश सरकारले पूरा गर्नसक्ने मागहरु यहीँ पूरा गर्छौं, संघीय सरकारलाई पठाउनुपर्ने माग उतै पठाइदिन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment