Comments Add Comment

बम विष्फोटका घाइते पारसको उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने

१० वैशाख,विराटनगर । बम विष्फोटमा परी गम्भी र घाइते भएका उदयपुरको त्रियुगा नगरपालिकाका पारस राईको सम्पूर्ण उपचार खर्च प्रदेश १ सरकारले ब्यहोर्ने भएको छ ।

पारस उपचाररत विराटनगरस्थित लाइफ गार्ड अस्पतालमा सोमवार आयोजित पत्रकार सम्मेलनमा उदयपुरका प्रदेश सांसद बिमल कार्कीले बालकको उपचारमा लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने जानकारी दिएका हुन् ।

२९ चैतमा उदयपुरको त्रियुगा नगरपालिका-१३ का १४ वर्षीय बालक पारस राई खेल्ने क्रममा बेबारिसे बमको छर्रा लागेर गम्भीर घाइते भएका थिए ।

पारसको उपचारमा तीन लाख खर्च भइसकेको अस्पतालले जनाएको छ । उनी भोलि मंगलबार डिस्चार्ज हुने अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालका चिकित्सक डा. अभिषेक चौधरीका अनुसार पारसको अब तीन महिना भित्रमा ठूलो आन्द्राको अप्रेशन गर्नुपर्ने छ ।

पारसको उपचारमा लागेको खर्च भने प्रदेश सरकारले उपलब्ध नगराएका कारण अस्पतालले उपचारमा लागेको खर्च आफैले ब्यहोरेको जनाएको छ ।

बम विष्फोटनमा परी पारसको करङ भाँचिएको थियो भने ठूलो आन्द्रा शरीरबाट बाहिर निस्किएको थियो । यस्तै उनको लिभर र एपेन्डीक्समा प्वाल परेको थियो ।

अस्पतालमा उपचाररत पारसलाई भेट्न पुगेको संघीय मामिला तथा समान्य प्रशासन मन्त्री लालाबाबु पण्डितले पनि उनको उपचारको सम्पूर्ण खर्च सरकारले ब्यर्होने आश्वासन दिएका थिए । तर, अहिलेसम्म उनको उपचार खर्च सरकारले उपलब्ध नगराएको पारसका बुवा मिनकुमार राईले बताए ।

यो पनि पढ्नुस् 

अस्पतालको शैय्यामा छटपटाउँदै गाइघाट बम विष्फोटका घाइते

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment