+
+

कालिमाटीमा युवतीलाई एसिड देखाएर तीन लाख रुपैयाँ लुटियो

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ११ गते १२:४९

११ बैशाख, काठमाडौं । काठमाडौं–१३, कालिमाटी चोकमा रहेको क्रिष्टल ईन्टर प्राईजेज (आईएमई सेन्टर) मा दुई कर्मचारीलाई एसिड देखाएर तीन लाख रुपैयाँ लुटिएको छ ।

प्रहरीका अनुसार ईन्टरप्राईजेजको काउण्टरमा रहेका कर्मचारी रुबिना कोईराला र अप्सरा थापालाई एसिड भनेर पानीको बोतल देखाएर काउन्टरको पैसा नदिएमा अनुहार विगारिदिने भन्दै नगद लुटपाट गरिएको हो ।

लुटपाट गर्ने व्यक्तिको पहिचान खल्न सकेको छैन । फरार लुटेरको खोजी र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फरार लुटेराको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?