Comments Add Comment

लक्ष्मी हुण्डाई ओपन गल्फ टुर्नामेन्ट हुँदै


११ वैशाख, काठमाडौं । नेपालको लागि हुण्डाईर् गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले हुण्डाई ओपन गल्फ टुर्नामेन्टको आयोजना गर्ने भएको छ ।

यो प्रतियोगिता गोकर्ण गल्फ क्लबमा आउदो शुक्रबार र शनिबार हुनेछ ।

ओपेन गल्फ टुर्नामेन्ट १८ होल मा स्टेबल फोल्ड फम्र्याटमा र ३/४ ह्यान्डीक्यापमा खेलिनेछ । यस टुर्नामेन्टमा नेपालका १३० गल्र्फसहरुले प्रतिस्पर्धा गर्नेछन् ।

यस टुर्नामेन्टमा टायटल विनर, र्फस्ट रनरअप, सेकेण्डर रनरअप, बेस्ट ग्रस, लेडिज विनर, सिनिरयर विनर (६० वर्ष उमेर माथिको), जुनियर विनर (१७ वर्ष उमेर मुनीको), हुण्डाई वनर्स क्याटेगोरी विनर, लंगेस्ट ड्राइभ, क्लोजेस्ट टु द पिन लगायतका क्याटेगोरीमा मा बिजेता घोषित गरिने छ ।

यसको साथै होल इन वन बिजेतालाई उपहार स्वोरूप एक थान हुण्डाई ग्राण्ड आई१० गाडी प्रदान गर्ने घोषणा गरीएको छ ।

हुण्डाईले विश्वभर नै गल्फखेलको बिकास र प्रबर्धन गर्ने हेतुले बिभिन्न गल्फ टुर्नामेन्ट प्रायोजन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment