Comments Add Comment

कास्टिक काउचबारे रणवीरको मजाक, परे ट्रोलरको फन्दामा


बलिउडमा पछिल्लो समय ‘कास्टिङ काउच’ को सन्दर्भ निकै चर्चामा छ । कास्टिङ काउच अर्थात फिल्ममा इन्ट्री हुन चाहने नयाँ युवतीहरुलाई निर्माता-निर्देशकले गर्ने यौन शोषण ।

कास्टिङ काउचलाई लिएर एक दक्षिण भारतीय अभिनेत्रीले नग्न प्रदर्शन गरेकी थिइन् । हालैमात्र चर्चित कोरियोग्राफर सरोज खानले यो विषयमा विवादित बयान दिएका छन् ।

‘यहाँ विसुद्ध बलात्कार मात्र होइन, बलात्कृत भएवापत युवतीहरुले काम पनि पाउँछन्,’ सरोज खानले भनेका छन्, जसले उग्र विवाद भइरहेको छ ।

यही विषयमा नायक रणवीर कपुरलाई एक कार्यक्रममा पत्रकारहरुले प्रश्न गरे, ‘कास्टिङ काउचबारे तपाईंको धारणा के हो ?’ जवाफमा रणवीर अन्जान बन्दै भने-‘के हो कास्टिङ काउच ? मलाई त केही थाहा छैन । मैले यस्तो भोग्नुपरेको पनि छैन ।’

रणवीरको यस्तो भद्दा जोकमा सँगै रहेका निर्देशक राजकुमार हिरानी र निर्माता विधु विनोद चोपडा मरी मरी हास्न थाले । उनीहरुको यस्तो रवैयाले सामाजिक सञ्जालमा आक्रोश उत्पन्न गरेको छ ।

संवेदनशील विषयलाई मजाकमा उडाएको भन्दै रणवीरको ट्रोल भइरहेको छ । यही सन्दर्भमा कतिपयले रणवीर कपुरजस्तो बाबुको नाम भजाएर चलचित्र इन्डष्ट्रीमा आएको व्यक्तिलाई कास्टिङ काउच थाहा नहुनु स्वभाविक भएको भन्दै व्यंग्य पनि कसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment