Comments Add Comment

वीरगञ्जमा अन्तर्राष्ट्रिय स्तरको भेट्रान्स फुटबल हुने


१८ वैशाख, वीरगञ्ज । वीरगञ्जमा पहिलो पटक अन्र्तराष्ट्रिय स्तरको भेट्रान्स ऐट साइड गोल्ड कप डे नाइट फुटबल प्रतियोगिता हुने भएको छ । भेट्रान्स सिटी क्लबको अयोजनामा प्रतियोगिता हुन लागेको हो ।

वैशाख २०, २१ र २२ गते हुने प्रतियोगितामा नेपाल र भारतका गरी ११ वटा भेट्रान्स क्लबले सहभागीता जनाउने आयोजक क्लबका अध्यक्ष जीवन बस्नेतले जानकारी दिए ।

रिटायर भएर बसेका खेलाडीहरुको स्वास्थ्यलाई समेत ध्यानमा राखेर प्रतियोगिताको आयोजना गरेको उनले बताए । ‘४० वर्ष उमेर कटेकाहरु प्रतियोगितामा सहभागी हुन्छन्, धेरैको रिटायर्ड लाइफ हुन्छ’ उनले भने ‘ ४० कटेका मानिसहरुको स्वास्थ्यका लागि प्रतियोगिता गराउन लागेका हौं ।’

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख ११ हजार १ सय ११, दोस्रो हुनेलाई ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार राशी तय गरिएको छ भने उत्कृष्ट खेलाडीलाई नगद ३ हजार र सर्वोत्कृष्ट खेलाडीलाई नगद ५ हजार प्रदान गरिने अयोजक क्लबले जानकारी दिएको छ ।

प्रतियोगितामा अभिषेक चर्च रजहर नवलपरासी, विर्तामोड भेट्रान्स झापा, सिलगुडी भेट्रान्स बंगाल भारत, कैलाली भेट्रान्स कैलाली, चितवन भेट्रान्स चितवन, हेटौंडा भेट्रान्स मकवानपुर, मुंगेर भेट्रान्स बिहार भारत, सिमरा भेट्रान्स बारा, युवा स्पोर्टस क्लब वीरगञ्ज, बगरभाई खलक भेट्रान्स पोखरा, भेट्रान्स सिटी क्लब वीरगञ्जले भाग लिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment