Comments Add Comment

पाकिस्तानी गृहमन्त्रीको हत्या प्रयास, गोली लागेर घाइते

पाकिस्तानका गृहमन्त्री अहसान इकबाल । फाइल फोटो/रोयटर्स

२३ वैशाख, काठमाडौं । पाकिस्तानका गृहमन्त्री अहसान इकबालको गोली हानेर हत्या प्रयास भएको छ । उनी गोली लागेर घाइते भएका छन् ।

पन्जाब प्रान्तको नरोवाल भन्ने ठाउँमा पार्टीको र्यालीमा सहभागी हुने क्रममा इकबाल माथि अज्ञात बन्दुकधारीले गोली हानेको अलजजिराले जनाएको छ । प्रहरीका अनुसार इकबालको बायाँ हातमा गोली लागेको छ ।

घटनालगत्तै उनलाई अस्पतालमा उपचारका लागि लगिएको छ । उनी खतरामुक्त रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

गोली प्रहार गर्ने संदिग्ध एक व्यक्ति पक्राउ परेका छन् । गोली हान्नुको कारण भने खुलेको छैन । पाकिस्तानमा केही महनापछि हुन लागेको चुनावलाई प्रभावित पार्ने उद्देश्यले गृहमन्त्रीलाई गोली हानिएको हुनसक्ने अनुमान पनि गरिएको छ ।

पाकिस्तानका प्रधानमन्त्री शाहिद खकान अब्बासीले आक्रमणको निन्दा गर्दै पन्जाब प्रहरी प्रमुखलाई तत्काल घटनाको छानबिन गर्न निर्देशन समेत दिएको बीबीसीले जनाएको छ । गोली प्रहारको पाकिस्तानका सबै राजनीतिक पार्टीहरुले आलोचना गरेका छन् ।

५९ वर्षीय अहसान इकबाल गत वर्ष पाकिस्तानको गृहमन्त्री बनेका थिए । उनी सत्तारुढ पाकिस्तान मुस्लिम लिग (नवाज)को बरिष्ठ नेता हुन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment