Comments Add Comment

चट्याङ लागेर मकवानपुरमा बाबु-छोरीको मृत्यु

प्रतीकात्मक तस्वीर

२४ वैशाख, हेटौंडा । चट्याङ लागेर मकवानपुरकोे मनहरि गाउँपालिका– २, ठाडोखोला झुल्यानमा दुई जनाको मृत्युु भएको छ ।

आइतबार साँझ पानीसँगै परेको चट्याङ लागेर घाइते २८ वर्षीय भीमलाल सिन्तान र उनकी ३ वर्षीय छोरी विमलाको ज्यान गएको हो ।

मनहरि गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले चट्याङ लागेर घाइते बाबु–छोरीको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जानकारी दिए ।

त्यस्तै हेटाैंडा १६ मा चट्याङ लागेर ६० वर्षीय कृष्णबहादुर बलामीकाे मृत्यु भएकाे छ । धरमै बसिरहेका उनलाई साँझ पानीसँगै परेकाे चट्याङ लागेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment