Comments Add Comment

निर्माता संघ र चलचित्र संघविच मल्टिप्लेक्स हलको बिषयमा विवाद


नेपाल चलचित्र निर्माता संघ र चलचित्र संघविचको बार्ता अहिले रोकिएको छ । आज बिहान भएको बार्तामा ‘मल्टिप्लेक्स हल’को बिषयमा विवाद भएको थियो ।

विशेषगरि, चलचित्र संघको तर्फबाट मल्टिप्लेक्स हलमा केही हललाई थप्ने बिषय उठेपछि विवाद भएको हो । काठमाण्डौका गोपिकृष्ण, अष्टनारायण र ललितपुरको गुण सिनेमा लगायतले आफूहरुलाई मल्टिप्लेक्स भनिनुपर्ने बताएपछि विवाद भएको हो ।

निर्माता संघको वार्ता टोली पहिले मल्टिप्लेक्स हल कुन-कुनलाई भन्ने बिषयमा विवाद आन्तरिक रुपमा मिलाउन चलचित्र संघलाई आग्रह गरेर हिडेका थिए । यदि, गोपि, गुण, अष्ट जस्ता हललाई मप्टिप्लेक्सको दर्जामा लैजाने हो भने टिकट दर बढाउनुपर्ने निर्माताहरुको माग छ । सय र दुई सय रुपैयाँ टिकट भएका हललाई मल्टिप्लेक्स भन्न नसकिने उनीहरुको भनाई थियो । मप्टिप्लेक्स र सिंगल थिएटरको शेयर फरक हुने भएकाले पनि केही हलले यस्तो अड्चन झिकेका हुन् ।

अहिले फेरि चलचित्र संघले आन्तरिक रुपमा कुरा मिलेको भन्दै निर्माता संघलाई बार्तामा बोलाएको छ । आज बार्ता निर्णयमा नपुगे जेठ १ गतेबाट आन्दोलन सुरु गर्ने निर्माताहरुले बताएका छन् । जेठ ४ गतेबाट कुनै पनि भाषाका चलचित्र रिलिज गर्न नदिने उनीहरुको चेतावनी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment