Comments Add Comment

‘धुर्मुस-सुन्तली’ फाउन्डेशनलाई १ लाख सहयोग गर्दै सदिक्षाले सुरु गरिन् बुटिक


समाजसेवी तथा हाँस्य कलाकार जोडी सिताराम कट्टेल, कुन्जना घिमिरे र पूर्व मिस नेपाल माल्भिका सुब्बाले संयुक्त रुपमा ललितपुरको मानभवनमा अन्तरराष्ट्रिय स्तरको डीभा बुटिकको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

सो कार्यक्रममा डीभा बुटिकको तर्फबाट ‘धुर्मुस-सुन्तली फाउन्डेशन’लाई अन्तरराष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माणका लागि नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै कलाकार सिताराम कट्टेलले अन्तराष्ट्रिय गुणस्तरका डिजाईन र पहिरन एकै थलोमा सुपथ मूल्यमा पाउँदा फेशन पारखीका लागि डीभा फेशन हबको रुपमा स्थापित हुने आशा राखेका थिए । उनले डेढ वर्षभित्र अन्तराष्ट्रिय खेल मैदान निर्माण सम्पन्न गर्ने बताउँदै यस्तै सहयोगले आफुहरुलाई काम गर्न प्रेरणा मिलेको बताए ।

बिगत एक दशक देखि फेशन डिजाईनमा सक्रिय जेनी श्रेष्ठ र पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठले डीभा बुटिक सुरु गरेका हुन् । डिभा बुटिकमा बुटिक आईटम, जेडी कलेक्सन आइटम, सिभाना कलर्सका मेकअप कस्मेटिक आइटम, विभिन्न देशका कलेक्सनका उत्कृष्ट डिजाईनयुक्त लेडिज व्याग उपलब्ध रहेको संचालकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment