बिहीबार, ३१ साउन, २०७५
OnlineKhabar.com
Suzuki
Advertisment
SKIP THIS
Advertisment
SKIP THIS

पथरी चोक व्यवस्थित गर्ने निर्णय

Suzuki

 

फाइल फोटो

२ जेठ, पथरी, मोरङ ।  मोरङको पथरीशनिश्चरे नगरको प्रमुख बजारका रुपमा रहेको पथरी बजार पूर्वपश्चिम मुख्य सडक क्षेत्रलाई व्यवस्थित गर्ने नगरपालिकाले निर्णय गरेको छ ।

नगर कार्यपालिकाको मंगलबारको बैठकले तीन दिन लगाएर चोकको मध्यभागबाट दुवैतर्फ ८२/८२ फिट सडकको क्षेत्र खाली गरिसकेको सो सडक क्षेत्रको व्यवस्थापनमा प्राविधिक इस्टमेट गरेर योजना बनाइने निर्णय भएको प्रवक्ता यामप्रसाद गुरागाईंले बताए । तत्कालका लागि खाल्डाखुल्डी भएको ठाउँ पुर्ने र सम्याउने काम हुने भएको उनले उल्लेख गरे ।

नगरको निकै महत्वपूर्ण परियोजनाका रुपमा सञ्चालनमा रहेको ढल निकासका लागि नगरपालिकाले वडा नम्बर ७ मा थप जग्गा व्यवस्थापन गर्न समिति निर्माण गरेको छ । समितिको संयोजकमा ६ नम्बरका वडाध्यक्ष जयबहादुर तामाङ तथा सदस्यमा २ नम्बरका वडाध्यक्ष यामप्रसाद गुरागाईं, ४ नम्बर अध्यक्ष गोविन्दबहादुर भण्डारी, कार्यपालिका सदस्य गीता विश्वकर्मा र ७ नम्बर सदस्य मैनाकुमारी राई लिम्बू छन् ।

नयाँ आर्थिक वर्षका लागि अझ प्रभावकारी नीति, कार्यक्रम तथा बजेट निर्माण गर्ने सन्दर्भसँग जोडेर जेठ ७ गते विज्ञसँग अन्तक्र्रियात्मक छलफल गर्ने निर्णयसमेत भएको छ ।

लाटी खोला कल्भर्टको उद्घाटन 

यसैबीच, स्थानीय सरकारको अधिकार आएपछि मोरङको पथरीशनिश्चरे नगरमा विकास निर्माणका योजना प्रसस्त सञ्चालन भई सम्पन्न हुने क्रमको दौडधुपबीच वडा नम्बर २ स्थित लाटी खोला कल्भर्ट पनि निर्माण सम्पन्न भएको छ ।

मंगलबार एक कार्यक्रमका बीच नगरप्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट बाँस्तोला, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, वडाध्यक्ष यामप्रसाद गुरागाईंसहितले कल्भर्टको उद्घाटन गरे ।

स्थानीय उपभोक्ता आफैँले निर्माण सामग्री बोक्दै चुस्तरुपमा निर्माण कार्यमा सक्रिय सहभागिताको नमूना प्रदर्शन भएको सो कल्भर्ट रु १२ लाख एक हजार ७५० को लागतमा निर्माण सम्पन्न भएको हो ।

यसमा नगरपालिकाको रु १० लाख, उपभोक्ता एवं बाटोका जग्गाधनीबाट रु एक लाख ५१ हजार, चौतारी र सुन्दर सामुदायिक वन उपभोक्ता समूहबाट रु २५÷२५ हजार जुटाएर काम सम्पन्न भएको निर्माण उपभोक्ता समिति अध्यक्ष खिलनाथ घिमिरेले बताए ।

कल्भर्ट निर्माण भएपनि त्यहाँको बाटोलाई व्यवस्थित गर्न आवश्यक रहेकाले सबै पक्षको सहकार्यमा बाटो व्यवस्थित गर्ने अभियान सञ्चालन गरिने घिमिरेले उल्लेख गरे ।

२०७५ जेठ २ गते ११:२५ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this