Comments Add Comment

पाँच जिल्लाका सांसदहरुको एउटै मागः सगरमाथा राजमार्ग चार लेनको बनाऔं

३ जेठ, ओखलढुंगा । ओखलढुंगासहित पाँच जिल्लाका संघीय प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरुले सरगरमाथा राजमार्ग चार लेनको बनाउन र चतारा-घुर्मी (कोशी करिडोर) छिटो अघि बढाउन माग गरेका छन् ।

सांसदहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठलाई दुई बुँदे ज्ञापन पत्र बुझाउँदै साँसदहरुले सगरमाथा सडकलाई चार लेनको बनाउन, कोशी करिडोरको काम ठेकेदारले नगरेकाले पुनः ठेक्का प्रकृया शुरु गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।

माग पत्रमा मार्डर-चोर्हवा-मिर्चैया-घुर्मी हुँदै ओखलढुंगा-सोलुखुम्बु सडक -सगरमाथा सडक) लाई चार लेनको बनाउन र चतारा-घुर्मी (कोशी करिडोर) छिटो अघि बढाउन माग गरिएको छ ।

चतारा-घुर्मी सडक सिद्धिचरण राजमार्ग र मध्यपहाडी राजमार्ग जोड्ने सडक भएकाले यथासिघ्र अघि बढाउन माग गरिएको साँसद यज्ञराज सुनुवारले बताए ।

सांसदहरुको मागलाई आगामी कार्यक्रममा समावेश गर्न मन्त्री महासेठले सचिवलाई निर्देशन निदएका छन् । यी सडक सुनसरी, सिरहा, सप्तरी, उदयपुर, ओखलढुंगा र सोलुखुम्बु र खोटागंका नागरिक प्रत्यक्ष लाभान्वित हुने छ ।

ज्ञापन पत्रमा सुनुवारसहित सांसदहरु हेमराज राई (सोलु), सुरेशकुमार राई (उदयपुर), लिलानाथ श्रेष्ठ (सिराहा) र जयकुमार राई (सुनसरी) ले हस्ताक्षर गरेका छन् ।

सगरमाथा सडक र चतारा- घुर्मी सडक सम्पन्न भएमा सोलुखुम्बुबाट चिनसँगको नाका नाङ्पाला खोलेर चिनसँग सडक यातायातमा जोड्न सकिने साँसद सुनुवारे बताए ।

सगरमाथा सडकलाई समुद्रदेखी सगरमाथा सम्म (सि टु एभरेष्ट) पर्यटकीय सडकका रुपमा विकास गर्ने अवधारणासहित पाँच जिल्लाका सांसदहरुले माग पत्र पेश गरेका जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment