Comments Add Comment

थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय बौद्ध महोत्सवमा नेपाल सहभागी हुँदै

१० जेठ, काठमाडौँ । अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु कौडण्यको नेतृत्वमा एक प्रतिनिधिमण्डल १५ औँ अन्तर्राष्ट्रिय बौद्ध महोत्सवमा सहभागी हुन बिहीबार थाइल्याण्डको बैंकक प्रस्थान गरेको छ ।

संयुक्त राष्ट्र संघले यस वर्ष मनाउन लागेको उक्त कार्यक्रममा वैशाख दिवसका लागि अन्तर्राष्ट्रिय परिष्दको निमन्त्रणामा विभिन्न सम्प्रदायका बौद्ध गुरु त्यसतर्फ जानुभयो । यही जेठ ११ देखि १३ गतेसम्म चल्ने महोत्सवमा बौद्धदर्शनले शान्ति तथा समृद्धि कायम गर्नका लागि जनजीवनमा पारेको प्रभावबारे अन्तर्राष्ट्रिय समुदायले छलफल गर्नेछ ।

महासचिव कौडण्यले नेपालमा पछिल्लो पटक भइरहेको बौद्धदर्शनको विकास तथा त्यसको अभ्यासका बारे सहभागी राष्ट्रलाई जानकारी दिने थाहा भएको छ ।

थाइल्याण्डका नरेश भजिरालोङकर्न बोदिन्द्रदेवयभराङकुनलाई महासचिव कौडण्यले नेपालबाट लगिएका बुद्धमूर्ति उपहारस्वरुप प्रदान गर्नुहुनेछ । अघिल्लो वर्ष सो महोत्सव श्रीलंकामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment