Comments Add Comment

करेन्ट लागेर नवलपरासीमा एकको मृत्यु

१७ जेठ, नवलपरासी । नवलपरासीको देवचुली नगरपालिका ६ धारापानी चोकका ४८ वर्षीय बमबहादुर क्षेत्रीको बिहीबार करेन्ट लागेर मृत्यु भएको छ ।

आफ्नै घर नजिकको विजुलीको पोल चढ्ने क्रममा करेन्ट लागेर क्षेत्रीको मृत्यु भएको हो ।

दलदले अस्थायी प्रहरी चौकीका अनुसार उनको करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको हो ।

उनको शव पोष्टमाटर्मका लागि प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment