Comments Add Comment

वडाध्यक्षलाई मोटरसाइकल र मोबाइल

२१ जेठ, गुल्मी । गुल्मीदरबार गाउँपालिकाले वडाअध्यक्षदेखि गाउँ कार्यपालिकाका सदस्यलाई मोटरसाइकल र मोवाइल बाँडेको छ ।

गाउँपालिकाले ७ वटै वडाध्यक्षहरुलाई एक एक/एकवटा मोटरसाइकल र मोवाइल फोन वितरण गरेकोेेे हो ।  जनप्रतिनिधीहरु बिहानदेखि साझ अबेरसम्म व्यस्ततालाई ध्यानमा राखी खरिद गरिएको गाउँपालिका अध्यक्ष अशोककुमार थापाले बताए ।

‘तत्कालको लागि जनप्रतिनिधीहरुले लिने सुबिधा छैन् । बिहानदेखि काममा खट्नु पर्ने हुन्छ त्यसैले मोवाइल र मोटरसाइकल सुबिधा दिएका हौं,’ अध्यक्ष थापाले भने, ‘हामीले त अलि ढिला गर्‍यौं काठमाडौंमा त उहिले बाँडिएको थियो । जनप्रतिनिधिलाई काममा सहजता ल्याउनको लागि सुबिधा दिएको हो ।’

ज्ञापनपत्र बुझाउन आएको गुल्मी नागरिक समाजले जनप्रतिनिधीलाई मोबाइल र मोटरसाइकल किनेको बारे प्रश्न उठाएपछि गाउँपालिका अध्यक्ष थापाले निर्णयको बचाउन गरेका थिए ।

गुल्मी नागरिक समाजका अध्यक्ष यमबहादुर थापासहितको टोलीले गाउँपालिकामा बिभिन्न १० बुँदे ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले जनप्रतिनिधीलाई मोवाइल किन्नेदेखि मोटसाइकललगायत अरु बिकास निवर्माणका कामहरु पारदर्शी र प्रभावकारी तबरबाट नभएका बिषय बस्तु उठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment