Comments Add Comment

आश्माको मायामा डुब्न थाले आकाश


आर.बी मुभिजको प्रस्तुतिमा तयार भएको चलचित्र ‘ड्रिम गल’को पहिलो गीत रिलिज गरिएको छ । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रमा समावेश ‘तिम्रो मायामा हराउन’ बोलको गीत सार्वजनिक गरिएको हो ।

ऋषिराज आचार्यको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र असोज १९ गतेबाट रिलिज हुँदैछ । सार्वजनिक गीतमा अन्जु पन्त र सुरेश लामाको स्वर छ भने अर्जुन पोखरेलको संगीत र अम्बिका शर्माको शब्द छ ।

चलचित्रको गीतमा मुख्य कलाकार आकाश श्रेष्ठ र आश्मा गिरीलाई देखाइएको छ । चलचित्रमा आश्मा शिर्ष भूमिकामा देखिदैछिन् । चलचित्रमा विल्सन विक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, लक्ष्मी गिरी, निर्मल शर्मा, पूजा पराजुली लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा राहुल राई र रामेश्वर हुमागाँइको छायांकन, गम्भिर बिष्टको कोरियोग्राफी, नविन निरौलाको सम्पादन छ । चलचित्रमा अर्जुन शर्मा, ऋषिराज आचार्य र रामेश्वर धितालको लगानी छ । सार्वजनिक गीतको अडियो राम्रो छ । भिडियोलाई रारा ताल र थाइल्याण्डमा खिचिएको छ । रारा तालको दृश्य उत्कृष्ट भएपनि थाइल्याण्डको दृश्य कमजोर छ ।

गीतको भिडियो हेर्दा नव-नायिका आश्मा गिरीले अझै मिहिनेत गर्नुपर्ने देखिन्छ । आकाशको लिप्सिङ केही स्थानमा विगि्रएको छ । निर्देशक आचार्यले लभ स्टोरी कथामा चलचित्र निर्माण भएको भन्दै प्रेममा पर्दा के के कुराहरु उत्पन्न हुन्छ भन्ने चलचित्रले देखाउने बताए ।

नायिका आश्मा गिरीले आफूले सक्दो मिहिनेत गरेकोले दर्शक सन्तुष्ट हुने बताइन् । यस्तै, नायक आकाश श्रेष्ठले पनि यो चलचित्र उत्कृष्ट बनेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment