Comments Add Comment

सिद्धार्थ बन्यो रुपन्देहीमा पहिलो यातायात प्रालि

३१ जेठ, बुटवल । कम्पनीमा दर्ता नभएका सार्वजनिक सवारीसाधनलाई यातायात व्यवस्था विभागले रुट परमिट नदिने गरी निर्देशिका संशोधन गरेपछि रुपन्देहीमा यातायात व्यवसायीहरुले प्रालिमार्फत सेवा सञ्चालन गरेका छन् ।

जिल्लामै पहिलो कम्पनीका रुपमा सिद्धार्थ यातायात प्रा.लि.ले आफ्नो सेवा सञ्चालन गर्न लागेको हो । हाल २० जना शेयर होल्डर रहेको प्रालिले शुरुमा असार १ गतेदेखि १८ वटा गाडी सञ्चालनमा ल्याउने जनाएको छ ।

कम्पनीले बेलहियादेखि बुटवल, भैरहवा, लुम्बिनी र तौलिहवासम्म माइक्रो बस संचालन गर्न लागेको प्रा.लि.का अध्यक्ष सूर्यकुमार सारु मगरले जानकारी दिए ।

भविष्यमा सबै वातानुकुलित गाडी मात्र सञ्चालन गर्ने सारु मगरले बताए । प्रालिका सबै बस एउटै रंगका रहेका छन् ।

कम्पनीले पूर्ण अपाङ्गता भएका नागरिकलाई भाडामा पूर्ण छुट दिने जनाएको छ । कम्पनीको हाल ५ करोड अधिकृत पूँजी र ३ करोड ५० लाख चुक्ता पुँजी रहेको छ ।

साथै कम्पनीले भैरहवास्थित लुम्बिनीरोडमा ५ कठ्ठा जग्गामा बसपार्क निर्माण गर्नेसमेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment