Comments Add Comment

नेता खड्काको चेतावनी : राणासँग नडराएको कांग्रेस कसैसँग डराउँदैन

३ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दिपक खड्काले सरकारले तानाशाह जन्माउन खोजेको भन्दै पुच लागेर नवस्ने चेतावनी दिएका छन् ।

पार्टी कार्यालयमा प्रहरी प्रयोग गरेर सरकारले आक्रमण गरेको भन्दै उनले सरकारी रबैया सहन नसक्ने बताए । ‘हिजो राणा र पञ्चायतसँग नडराएको कांग्रेस अहिलेपनि कसैसँग डराउँदैन, हामी टुलुटुलु हेरेर बस्दैनौं ।’

उनले सरकारले सबै गरिहाल्छौं भनेर सपना मात्रै बाँडेर प्रचारमा मात्रै उत्रिएको बताए ।

रिपोर्टस क्लवमा आयोजित साक्षत्कारमा बोल्दै नेता खड्काले नेपालले भारत र चीन दुवै मित्रराष्ट्रसँग एकै खालको सम्बन्ध कायम गर्न आवश्यक रहेको समेत बताए । ‘हामीसँग अहिले कसैसँग बढी र कसैसँग कम गर्नुपर्ने बाध्यता र कारण छैन, हामी भारत र चीनको बीचमा छौं, दुवै देशसँग सुमधुर सम्बन्ध राख्नुपर्छ ।’ उनले भने ।

सोही साक्षात्कारमा नेता खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको सहयोग लिने वाचा गरेको स्मरण गराउँदै भ्रमण नेपालको हितमा र जनताको हितमा हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment