Comments Add Comment

कथाः फेरि उही नियति

“लौन सार यो के भन्छ तोँले त्यस्तो । काँ नेपालको नेम चल्छ हो याँ ? हामी त याँ आफ्नो नेम आफोँई बनाउँछा अनि आफोँई चलाउँछा पो ता । देश चलाउने सर्कार काँ पो छा थाहा छोइना, तोँले भने देशको नेम बताउँछस् । तोँ देशबाट आको सार ? नेपाल देशबाट ? कस्तो छ होइ ? नेपाल देश ? हाम्रो पनि देश हो रे भन्छा ।”

यो शब्द व्यङ्ग्य हो कि ? सरल वाक्य हो ? केही क्षण त म सुल्झाउनै सक्दिनँ । उसले नबुझेर बोलेकी हो कि या बुझेर मनको तीतो पोखेकी हो ? मेरो अनुमान मिल्थ्यो-मिल्दैनथ्यो त्यसबेला छुट्टयाउन सकिनँ मैले ।

ढुङ्गाले छाएको सानो छाप्रोजस्तो त्यो बिकट गाँउको घरभित्र छिर्दै मैले नेपालको कानुनको व्याख्या गरिरहँदा उसले बोलेकी थिई यी कुराहरू, उसको जिन्दगीको बारेमा । म भने घरको आँगनीबाट देखिने चट्टानको पहाडहरू परपर क्षितिजसम्म आँखाले भ्याएजति हेर्दै थिएँ । झमक्क साँझ परिसकेको थियो र’ पनि आँखाको हेर्ने उत्सुकता मेटाउँदै थिएँ म । बारीका कान्लाभरि आलुका झाँग झुलिरहेका थिए । घरको एक छेवैमा दाउराको खात थुपारिएको थियो । यी कुराहरू पोखिएका थिए लिमीमा ।

हो लिमीमा । हुम्लाको लिमी सार्‍है विकट रहेछ । त्यो पनि तिब्बतको सीमासँग जोडिएको नेपालको गाउँ । त्यहाँ नेपाल भन्ने देश कता हो कता हराएजस्तो लाग्यो मलाई । हामी तीन जनाको टोली घुम्ने प्रायोजनको लागि पुगेका थियौँ, देशको विकट हिमाली त्यस भू-भागमा, आन्तरिक पर्यटक बन्दै ।

म भरखरै अमेरिकाबाट नेपाल र्फकेको थिएँ । पाँच वर्षपछि, अमेरिकाको मेशिनयुक्त जिन्दगीबाट केही पल भए पनि आफ्नो जिन्दगी बाँच्न । यसैको उपक्रम थियो लिमीको यात्रा । यहाँको वर्णन मैले अमेरिकन साथीबाट सुनेको थिएँ । ऊ नेपाल आउँदा त्यहाँ घुमेको रहेछ । अचम्मै छ हाम्रो नियति पनि आफ्नो ठाउँको वखान विदेशिको मुखबाट सुन्नुपर्छ । हामी आˆनो नाभीमा सुगन्ध भएर पनि बासना कताबाट आएको हो भनेर त्यस बासनाको लागी भौतारिने कस्तुरी जस्ता छौं ।

आफूमा भएको सौन्दर्य अरूले बताइदिए पछि मात्र त्यसको महत्व थाहा पाउँछौ । अनि मनमा लालसा पलाउँछौं । सुख यही देशमा छ र पनि सुखको खातिर विदेश पलायन भइरहेका छौ । आˆनो महत्व नबुझ्दा अनि त्यसको सही परिचालन गर्न नसक्दा । मैले त्यसै बेला निश्चय गरेको थिएँ, नेपाल र्फकेपछि म पनि एकपटक लिमी पुगेरै छोड्छु । यही तृष्णा मेट्न म नेपालको हिमाली गाउँ लिमीमा घुम्न निस्किएको थिएँ ।

मेरा यात्राका साथीहरूमा एउटा ट्राभल एजेन्सीको मालिक थियो, राजेश अनि अर्को थियो निलेश सानोतिनो नेता या भनौँ कार्यकर्ता नै बढी । म त विशुद्ध घुम्न कै लागि पुगेको थिएँ त्यहाँ । तर ट्राभल एजेन्सी संचालक मेरो साथी, उसको उद्देश्य पक्कै व्यापार बढाउनको लागि नयाँ पर्यटनसम्बन्धी अनि ट्रेकिङसम्बन्धी नयाँ मार्ग खोज्नु हुनुपर्छ । तर निलेश केही समय भए पनि राजनीतिक माहोलबाट पन्छिनकै लागि हाम्रो साथ लागेको थियो ।

लिमीका बारेमा सुनेको पनि थिएँ एकपटक टीभीमा कुनै सभासदको मुखबाट । टिभी.मा सुनेको दिनदेखि र अमेरिकन साथीले वर्णन गरेदेखि नै मलाई त्यहाँ जाने उत्कट अभिलाषा छाएको थियो मनभित्र । एक्लै जाने कुरा पनि भएन, टाढाको बाटो ।तब यी दुईलाई फकाएको थिएँ मैले ।

हामी हुम्लाको लिमी पुगेका थियौँ, त्यो पनि चार दिन लगाएर । सम्भिmरहेछु आज म, मीठो विस्मृतिमा हराउँदै लिमीमा बितेका ती पलहरूको सङ्गालोलाई आज अमेरिकाबाट ।

हामीले लिमीको ‘हल्जी जाङ’ गाउँको स्थानीय तामाङहरूको तीनवटा छुट्टाछुट्टै घरमा बास पाएका थियौँ । रात परिसकेको थियो झमक्कै, हल्जीजाङ गाउँमा पुग्दा । नौलो ठाउँ, धन्न बाटोको पानी घट्टनिर नै फूर्वा भेटिएकी थिई । नत्र त हाम्रो विजोग नै हुन्थ्यो । फूर्वाले नै मिलाइदिएकी थिई हामीलाई खाने सुत्ने घरको व्यवस्था, केही पैसा तिन्र्नुपर्ने सर्तमा । मैले फूर्वाको घरमा नै बास पाएँ । तर राजेश र निलेशले भने याङ्की र ताक्पा जिक्मेतको घरमा बास वस्न पाएका थिए ।

फूर्वाले मीठो आतिथ्य सत्कार गरी मलाई त्यस दिन उसको ठाउँमा पाइने चिजविजहरूले । अझ त्योभन्दा पनि मीठो हार्दिकता पस्केकी थिई उसले ।

‘हेर सार, मोँ ता एक्लो पो बाँच्छा । यो छोरा छा नि, त्यसलाई मोँइले एक्लोई पाल्छा ।’

मैले सोधेको थिएँ, ‘किन र फूर्वा, उसको बाबु कहाँ गयो र ?’

केही छिन टोलाएर उसले जबाफ फर्काएकी थिई । मलाई अझै सम्झना छ । त्यसबेला उसको मुखमा देखिएको नैराश्यपूर्ण भावभङ्गी अनि पछुतो ।

‘कहाँ पो व्या भा छा र सार मोँ ?’

‘अनि त्यो बच्चा तिम्रो होइन् ?’

‘हो, आफ्नोई रग्त हो सार ।’

‘विवाहबिना ?’

‘हो व्याबिना, मोलाई ता कुमारी आमा पो भान्छा ।’

केही क्षेण त म जिल्ल परेँ । अनि सम्झिएँ, कठै विचरी कसैको वासनाको सिकार भएकी रहिछे । र’ पनि बाँचिछे त्यो बदनियतपूर्ण जिन्दगी बोकेर ।

‘के तिमीलाई उसले धोका दियो ? समाजमा बाँच्न कति गाह्रो भएको होला है तिमीलाई ?” एकै पटक यी दुई प्रश्न बोल्छु म ।

‘होइना सार त्यो केई छोइना ।’ उसले हाँसेर जबाफ फर्काई । मलाई अचम्म लाग्यो उसको हाँसो अनि कुनै हीनताबोधबिना नै सन्तुष्टिको भावमा भनेकी यी कुरामा ।
मैले सुनेको अनि पढेको थिएँ, उच्च हिमाली भेगमा हुने बहुपति प्रथा । तर त्योदेखि पृथक कुमारी आमा ! म अचम्ममा परेँ, भौगोलिक परिवेशअनुसारको एउटै देशको फरक-फरक संस्कृतिसँग ।

हिन्दु धर्मले हिन्दु नारीलाई कति जटिलता प्रदान गरेको छ यौनको विषयमा ! तर यही देशका अन्य जनजातिका महिलामा गौणको विषय रहेको छ यौन । यौनको मामलामा अलिकति तल-माथि पर्‍यो कि हिन्दु नारीको जस्तो सतीत्व डग्दैन अनि गुम्दैन यिनीहरूको । कालो भविष्यमा रुपान्तरित हुँदै अकालमै मर्नु पनि पर्दैन यिनीहरूले । आˆनो जीवन ढुक्कले इज्जतका साथ बाँच्न पाउँछन् समाजमा, यौनको मामला जे भए पनि । धर्मको खोल अचम्मको हुँदो रहेछ । मानिसलाई पंगु बनाउन । म आˆनै सोचमा हराइ रहेको हुन्छु एउटै देश भित्रको विभिद संस्कृतिको भूल्कोहरूमा ।

‘ओ सार के भाको तोेँलाई ? के सोच्दैछस् हाँ ? तोँ मेरो मुख हेर्‍याहेरै छोस् ता ?’

हुन त म त्यसबेला उसैको मुख हेरेको हेरेकै रहेछु, तर तन्द्रामै रहेछु । आँखा मात्र उसको मुखमा, मन भने खोइ कता पुगेको हो कता ! तर उसलाई निरास पार्न चाहिनँ र ठट्यौली पाराले बोल्छु म ‘तिमी यति सुन्दर छयौ, आँखा अन्त हेर्नै नमानेर हो नि !

जहाँकै आइमाई हुन्, उनीहरूको रूपको बयान गर्‍यो भने मख्ख पर्छन् भन्ने ध्रुवसत्य कुरा मलाई थाहा थियो । त्यही सुत्र यहाँ पनि लागू गरिहालेँ ।

‘छया ! आवोइ के बोल्छा यो सार ता ?’ नारी स्वभाव न हो, ऊ लाजले निहुरिन्छे ।

मोरी कति बिघ्न राम्री नि Û गोलो बान्की परेको अनुहार, ठूलो निधार, गुलावी ओँठ, चटक्क मिलेको नाक, जीउडाल पनि कोकको सिसीजस्तो चटक्क मिलेको, रहरलाग्दा ठिक्कका छाती, पुष्ट मिलेको नितम्ब, हिमालकी छोरी न हो । गोरी छे मोरी यी अमेरिकन गोरीभन्दा पनि गोरी । राता स्याउजस्ता उसका गुलावी गाला कुटुक्क टोकौँजस्तो लाग्यो अनि टम्म छातीमा लुटुपुटु गरूँ-गरूँ लाग्यो । त्यो बेला मलाई ।

उसको त्यही तीन वर्षजतिको होला छोरो, दौडेर आयो अनि चुलोमा बसिरहेकी आमाको काखमा बस्यो र मेरो अनुहारतिर अचम्म मानेर हेर्‍यो ।

‘को हो यो आमा ? मेरो बाबु हो ?’ उसैको त्यहीँको रैथाने भाषामा सोध्यो उसले, सायद नेपाली जान्दैनथ्यो ।

‘काका हुन् क्या, सहरबाट आका ।’ फूर्वाले पनि उसैको भाषामा बताई र ‘उता खेल जाऊ’ भनेर पठाई ।

‘बाबु छोइना यसको, साथीका बाबु देख्छा, केटा मान्छे घोरमा देख्यो कि मेरो बाबु हो भनेर सोध्छा । हैरान पार्छा सार, कहिले ता यसले पोनी ?’

‘यही हो तिम्रो छोरा, या नि कि कुमारी आमाको ?’ मैले प्रश्न बुझ पचाउँदै आˆनो कौतूहल मेटाउन तेस्र्याएँ । उसले मुन्टो हल्लाई ।

‘कहाँ छ उसको बाबु ?’ मैले फेरि प्रश्न गरेँ । उसले मेरो प्रश्नको सोझो जबाफ नदिई भन्न थाली, ‘हेर सार, यहाँ मोँ मात्र होइना कुमारी आमा, धेरोई छान् । खोई कारण त मोँ जान्दोईना । तर सुन्छा, मुखियाहरूका कुरा । बहुपति प्रथाले नोई कुमारी आमा बढेका छान् रे पो सार । कुरा क्या हो कुन्नि, मो पनि कुमारी आमा न पार्‍यो !’

उसले नुन-चिया गिलासमा हाल्दै एक कप मतर्फ बढाई, अर्काे कप एक्लै खेलिरहेको छोरालाई बोलाएर दिई र आफूलाई पनि अर्काे कपमा हाली । लेकतिर खाने यो चिया चौँरीको दुध, नौनी र नुन हालेर बनाइएको हुँदो रहेछ ।

‘कस्तो पो लाग्छा तोँलाई सार यहाँको चिया ?’ मेरो मुखतिर हेर्दै चियाको घुट्को मार्दै ऊ बोल्छे । मीठो छ भन्ने सङ्केतले टाउको हल्लाएँ ।

‘कुमारी आमा बनेर छोरो हुर्काउँदा तिमीलाई समाजले हेलाको दृष्टिले हेर्दैन ?’ मैले प्रश्न राखेँ उसका सामु, अझ उसको बारेमा बढी जान्ने उत्सुकता साथ ।

उसले सहजै उत्तर दिई, ‘खोई अबुले व्या गरिदिन्छु तोँलाई भान्थ्यो । व्या गर्न केटा खोज्यो अबुले । पाएना । व्या गर्न केटो मोलाई मात्र नपाएको होइन सार, धेरै केटीहरूको व्या गर्न केटा पाएना । याङ्कीको घार छा नि सार तेरो साथी बसेको क्या, याङ्की पनि कुमारी आमा हो । पुङ्मा, पेम्बा, डोल्मा, लाक्पा धेरै पो छा ता व्या नोभाई कुमारी आमा भाका केटीहरू सार ।’ मसिना दाउरा चुलोमा कोच्दै सानो ढुङ्ग्रोले आगो फुक्छे ऊ । म भने एकटकले उसको अनुहार हेरिरहेको हुन्छु ।

‘क्या गार्नु सार, व्या गार्ना केटा पाएाना । आर्काे गाउँ पनि छोइना नजिकै । मानिसको मोँनै त हो सार । तोँलाईजस्तो मोलाई पनि उस्तै । यो मोँनले चाँदो रोईछ हेर । रोक्न सकेन मोँइले । त्यो गुम्बाको पूजारी रोप्यासोँग मोन बास्यो मेरो ता । गुम्बामा बोलाउँथ्यो सोधैँ । एक दिन दिउँसो गुम्बामा एक्लै गाएको मोँ, उसले मोँलाई फकायो, अनि शरीरसोँग पो चल्न थाल्यो, रमाइलो त भो त्यो बेला मोँलाई हेर् सार Û यसरी मोँन लाग्यो कि गार्‍यो सार हामीले । पछि त छोरा पो पायो मोइले ता ! आमा भयो, अनि एक्लै छोरा पाल्यो सार अहिले ।’ यसबेला भने उसले आफूले कतै गल्ती गरेकै हुँ कि भन्ने पछुतो गरेको जस्तो लाग्यो मलाई, उसको मुखाकृतिमा छाएको रिक्तता देख्दा ।
‘अनि के त उसले जिम्मेवारी बोक्नु पर्देन तिम्रो र छोराको ?’ मैले सोधेँ, उसको त्यहीँ पर एक्लै खेलिरहेको छोरातिर हेर्दै ।

उसले सहानुभूति खोजेजस्तो गरेर मेरो मुखतिर हेर्दै भनी- ‘काँ पो बोक्थ्यो सार । पुजारी होे नि ऊ ता । मोँजस्तै धेरै केटीलाई कुमारी आमा बोनाएको पो छा सार उल्ले । कोलाई पो हेरोस् । बच्चा जन्माउँछा, तर त्यो लोग्नेमान्छेले हेर्नु पर्देन पो ता याँ । कोइ-कोइ लोग्नेमोन्छेलाई दोया लाग्यो भाने थोरै सयोगसाम्म गार्छन् । तर सयोग गर्नोई पोर्छ भने छोईन पो सार ।’

‘अविवाहित हुँदै परपुरुषबाट बच्चा जन्मेपछि समाजले अपहेलना गर्दैन त ? अनि त्यही पुरुषलाई स्वीकार्न लगाइँदैन त ?’ सोधेँ मैले आˆनो परिवेशलाई सम्झेर ।
‘खोई ! यस्तो तो केई छोइना । मोँलाई लाग्छ, यस्तोई पो छो याँ । यस्तोइै नेम छ । अंश दिने चोलन पोनी छोइना, यस्तो मोहिलालाई । व्या नोगरी बोच्चा पाउने मोहिलालाई याँ फुर्दाङ्म भान्छा सार । कुमारी आमाले आफैँ कोमाएर खान्छान्, अनि बोच्चा पाल्छान् ।’ आगो फुक्दै र खोक्दै उ बोल्छे ।

‘तिमी पनि आफै पालिदै छयौ, आफै कमाएर ?’ मैले सोधेँ ।

‘हो सार वोर्षाको यो सोमय पारी तिब्बतमा जान्छा, घोरका वा अन्य मजदुरी जो कोम पाउँछा, वही कोम गार्छा, अनि जाडोलाई खानेकुरो र लुगो किन्छा । मोँ पनि सात दिनमा जाँदोइछा तिब्बत । वस्ति मेरी दिदी पनि तिब्बत पुगी छा ।’ उसले उद्वेग मिश्रति स्वरमा सुनाई, यी कुराहरू दाउरा कोच्दै चुलोमा । आजको खाना होला सायद उसको गोरो र नरम हातबाट फापरको रोटी पल्टिदै थियो तावामाथि ।

‘के गार्नु सार, व्या गोर्ने उमेरमा केटो पाईदोईन, त्यसैले माइतीले नै छोरी एक्लोई बास्छा भोने एक कोठोको सानो घोर र थोरै जग्गा दिएर पो राख्छा ता । वई जग्गामा पनि राम्रो फोल्दोइन । मोलाइ यो घोर पनि माइतीले द्यो सार । तर बाँच्नोइकै लागि मो ता तिब्बत जान्छा पो सार ।’ उसले रोटी बनाउन मुछेको पीठो तावामा हाल्दै डाडुले गोलो बनाउँछे । म उसले बनाएको रोटी हेर्दै छु, केही नजान्नेजस्तो गरेर । तर उसले पकाएको रोटी हेर्दा-हेर्दा म पनि पकाउन जान्ने भैसकेँझैँ लाग्दै छ अहिले मलाई । सानो माटोको एकमुखे चुलोमा बसालेको तावामा उसले पकाएको रोटी पाक्दै छ सुस्तरी सुस्तरी, उसको जीवन बाँचेजस्तो ।

तावाबाट रोटी झिक्दै ‘अबो खाऊँ होइ सार !’ मायालु स्वरले भनि उसले मलाई । मैले ‘हुन्छ’को सङ्केतले उसको मुखतिर हेरेर टाउको हल्लाएँ ।

उसले फापरको रोटी, आलुको तरकारी, एउटा गिलासमा लोकल रक्सी र चौँरीको सुकुटी राखेर मेरो अगाडि राखिदिई ।

‘हाम्ले यस्तोई खान्छा पो सार । तोँ सहरको मोन्छे, मिठो लाग्दोईन होला, मीठो मानि खा होई ।” रक्सी थाप् बारु । तोँ हिँड्दा-हिँड्दा थाक्या छोस् । रक्सीले तेरो दुखाई कोम गार्छा ।’ यसो भन्दै मेरो गिलासमा रक्सीको बोतलबाट भरी रक्सी खन्याइदिई । मैले ‘पुग्यो’ भन्दै हातले छेकेँ ।

‘हैन हैन, मीठो छ । यस्तै खानाको स्वाद फेर्न त घुम्न हिँडेको नि !’ म बोल्छु । ‘कुरो र कुलो जता घुमायो उतै घुम्छ भनेझैँ’ यो शब्दको अर्थ के बुझी कुन्नि कर्के नजर पार्दै नसालु आँखाले मतिर दृष्टि ˆयाँकी, मीठो मुस्कानसहित ।

म खाना खाएर चुलोको छेवैमा आगोतापी रहेको थिएँ । ऊ जुूठो भाँडा माझेर छोरालाई सुताएर मेरै छेवैमा आएर बसी । अलि टाँसिएरै बसी । मेरो जीउभरि करेन्ट लागेसरी भएर आयो । नसामै थिई ऊ पनि मजस्तै ।

एउटै कोठाको घर, एउटै मात्र ओछयान । सुत्ने व्यवस्था मिलाउन उसलाई अप्ठयारो परेजस्तो लाग्यो । ‘एउटै ओछयानमा सुतौँ’ भन्छे कि ? सम्झिँदै पनि रोमाञ्च भरिन्छ अनि काँडा उम्रन्छ मेरो शरिरभरि । पुरुष मोरो छिटै विपरीत लिङगीप्रति आकषिर्त भैहाल्छ । ‘के यो सोच्नु मेरो कमजोरी हो त ?’ आफैंसित प्रश्न तेर्साउँछु म ? हुन पनि किन नहुनु ? अघिदेखि कुमारी आमा आˆनो व्यथा बताएकी बताएकै छे । चाहना भएरै त होला नि ।

मस्त जवान नारी-पुरुष ! एउटै साझा कोठा, रात मष्त छ । कसैको रोकतोक छैन । त्यसमा पनि नसाको यो लठयाई ! शरीरले पनि के चाहना नगरोस् ? शरीरलाई मात्र के गल्ती देख्नु ? विश्वामित्र ऋषीले त आफ्नो ध्यान नै भङ्ग गरेर यो अवसर छोडेनन् रे । म त जावो बबुरो ! उता राजेश पनि कुमारी आमाकै घरमा बास बसेको रहेछ, मस्ती मार्दै होला मोरो !

‘टाढाबाट थाकेर आ’को तोँ, अब सुत ।’ उसले आग्रह गरी । झसङ्ग हुँदै आˆनो तन्द्राबाट म बिउँझन्छु ।

‘यति छिटै ?’ म लाडिन खोज्छु ऊसँग ।

‘किनो सार ? सुत्ने मोँन छोइन तोँलाई ?’ ऊ पनि लाडिएरै बोल्छे । कुमारी आमाको गाउँ आको ताँे अर्की कुमारी आमा थोपौँ कि भन्ने पो लाग्यो कि के तोँलाई हँ ?’ मेरो मनलाई नै सरसरी पढेजस्तो गरेर बोली ऊ । उसको यो शब्दले कता-कता लाज पनि लाग्यो । तर पनि पुरुष अहंम्का साथ बोलेँ ‘हो नि !’

‘त्यस्तो नसोच् है तोँइले ।’

‘अनि के गर्न पाइन्छ त ?’ म बोल्छु ।

‘केई पाउदोइनस्, अब सुत्न पाउँछोस् सुत ।’

सँगै हो ?’ म फेरि जिस्काउँछु उसलाई । लोभी मन न हो, कतैसँगै सुत्न पाई पो हालिन्छ कि…… ? ऊसँग बिताउने पल को कल्पना गर्छु म । खोइ किन हो, झीनो आस मर्न मान्दै मान्दैन मेरो त्यसबेला ।

‘धत् ! के बोल्छा हो यो सार ता ? तोँ माथि खाटमा सुत्, मो यहाँ भुइँको ओछौनिमा छोरासोँगै सुत्छा ।’ यति भनी ऊ भुइँको सुकुलमा बनाएको ओछयानमा गएर छोरासँगै सुत्छे ।

‘कति निष्ठुरी भएकी नि ! कसरी एक्लै छोडेर सुत्न सकेकी होला नि मलाई, यस्तो नसालु रातमा ?’ म उसले सुनोस् र प्रतिक्रिया देओस् भनेर भन्छु ।

ऊ केही बोल्दिन । रिसाई कि ? म मनमनै सोच्छु । ‘तर होइन होला ।’ आफै उत्तर दिन्छु । म उसले सुत्नको लागि खटाएको विछौनीमा पल्टिएँ । उसले दियालो बत्ती निभाई ।

कताकता काउकुती लाग्दै थियो मेरो मनभित्र अनि शरीर तरंङ्गित हुँदै थियो । एउटै कोठा, जवान पुरुष अनि जवान नारी, किन सजिलै आउथ्यो निद्रा ? घडी टकटक…. टकटक चलिरहेको छ आˆनै रˆतारमा एकनासले । उसको मुटु ढुकढुक…..ढुकढुक बजेको मैले प्रष्ट सुनिरहेको छु सायद मेरो पनि उसले । धेरै बेर मनले गन्थन गरिरहृयो आफूभित्रै । पछि बल्ल मेरा आँखा लोलाउन थाले ।

कसैको तातो बाफ मेरो मुखमा आएर ठोक्कियो । “फूर्वा तिमी ?’

“हो सार मोँ” । मोइले सकेन रोक्न कुमारी आमा हुन तोँसोँग । व्या भोएन क्या गार्नु ? मोइले ईछा मार्नु पोर्छा रा । धर्माे क्या भान्छा मो जान्दोइन । मेरो ईछा मो जान्छा । आफू बाँच्नो पार्छ । खुसी हुनु पोर्छा । मो ता यी जान्छा सार । मोँ जवान छ, मेरो मोँन पनि त जवान नै छ । लाग्नेमान्छेसोँग खेल्ने ईछा यो जवान मोँनकै त हो ! के तोँ मोँलाई आजको रात दिन्छास् सार ?????

उसका औँला मेरा ओँठहरूमा सलबलाउन के लागेका थिए उसको स्पर्शले झसङ्ग भएर बिउँझिए । ……..पूर्वको क्षितिज उघ्रिँदै थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment