Comments Add Comment

‘बोबी’को पोष्टरमा उमेश र कविताको प्रेम

मिलन चाम्सले निर्देशन गरेको चलचित्र ‘बोबी’को पोष्टर सार्वजनिक गरिएको छ । वास्तविक प्रेम कथामा तयार भएको यो चलचित्रको पोष्टरमा मुख्य कलाकार उमेश थापा र कविता गुरुङलाई प्रस्तुत गरिएको छ ।

चलचित्रले यी दुइको प्रेम, रोमान्स, विछोड, संघर्ष, सफलताको कथालाई उठान गरेको छ । चाम्स इन्टरटेन्मेन्ट र लण्डन आई इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रमा नरेश भट्टराई र गिरिराज घिमिरेको कथा, नवराज कृष्ण थापाको छायांकन, अर्जुन जीसीको सम्पादन, बसन्त सापकोटा र ताराप्रकाश लिम्बुको संगीत छ ।

चलचित्रको गीतसंगीत र ट्रेलरले राम्रै हाइप पाइरहेको छ । चलचित्रमा उमेश र कविताको रियल प्रेमकथालाई पर्दामा उतारिएको छ । चलचित्रमा यी दुइको अलवा विजय लामा, रुवि राणा, देशभक्त खनाल, रश्मी भट्ट, रवि गिरी, सुरविर पण्डित, बादल भट्ट, पूणिर्मा लामा, शिशिर राणा लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment