Comments Add Comment

सकियो ‘अदालत’को छायांकन


दिनेश लिङ्देनको निर्देशनमा तयार भएको चलचित्र ‘अदालत’को छायांकन सकिएको यसको निर्माणपक्षले जानकारी दिएको छ । फाल्गुनन्द लिङ्देन फिल्म्स्को व्यानरमा निर्माण भएको यो चलचित्रले समाजमा देखा परेका महिला हिंसा, हत्या, अपहरणलगायत विभिन्न अवैधानिक तथा आपराधिक क्रियाकलापमा संलग्न अपराधीलाई सजाय दिने काम अदालतको हो भन्ने सन्देश दिने निर्देशकले बताएका छन् ।

चलचित्रका प्रस्तुतकर्ता हस्त लिवाङका अनुसार नेपाली समुदायको बाहुल्यता रहेको मुलुकमा यसको प्रदर्शन गरिएपछि मात्र नेपालमा प्रदर्शन हुनेछ । चलचित्रमा मदन भुजेल, एलिना बास्कोटा, रुद्र पाहिम, राजकुमार अधिकारी, शान्ति घिसिङ, दिपक क्षेत्री, प्रेम आले, उदय सुब्बा, मेखबहादुर मगर, दिलिप ठकुरी, हस्त लिवाङ, राजु घिमिरेको अभिनय छ ।

मेखबहादुर मगर कार्यकारी निर्माता र कविता राई निर्माता रहेको चलचित्रमा डा. डिजन भट्टराईको गीत, रोशन वान्तवा राइको संगीत, दिनेश माङ्मुको नृत्य, राजु किराँतीको एक्सन, सुसन साम्सोहाङ, यदु राई र मेनका राईको स्वर, राजु घिमिरेको मुख्य सहायक निर्देशक र विक्रम डिसीको छायांकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment