Comments Add Comment

नियुक्ति बदरपछि नेप्सेका सीईओ कानूनी परामर्शमा


२५ असार, काठमाडौं । नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको नियुक्ति बदर भएकाे छ । पूर्ववर्ती देउवा सरकारले गरेका सबै नियुक्ति बदर गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेपछि आइतबार अर्थमन्त्रालयले साउदलाई नियुक्ति बदरको पत्र पठाएकाे हाे  ।

देउवा सरकारले साउदलाई ८ महिनाअघि नेप्सेको सीईओमा नियुक्त गरेको थियो ।

साउदको नियुक्ति बदरपछि अर्थमन्त्रालयले तत्कालका लागि मन्त्रालयका उपसचिव रमेश आचार्यलाई नेप्सेको सीईओको जिम्बेवारी दिएको छ ।

सरकारले आफ्नो नियुक्ति बदर गरेपछि आफूलाई अन्याय भएको भन्दै कानूनी परामर्श गरिरहेको साउदले बताए । ‘म खुला प्रतिष्पर्धाबाट आएको भए पनि सरकारले नियुक्ति बदर गरेर अन्याय गरेको छ’ अनलाइनखबरसँगको कुराकानीमा साउदले भने, ‘यतिबेला म वकिलहरुसँग छलफलमा छु, कानूनी परामर्शपछि के गर्ने भन्ने विषयमा निर्णय हुन्छ ।’

नियुक्ति बदर हुनुअघि साउदले सरकारले आफूलाई नहटाउने दावी गर्दै  हटाएमा न्यायका लागि अदालत जाने प्रतिक्रिया दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment