Comments Add Comment

लिस्नु कप फुटबलः मुम्बईविरुद्ध न्यू सिर्जना विजयी

१३ साउन, बुटवल । पाहुना टिम दादर-११ मुम्बईलाई ट्राइब्रेकरमा स्तब्ध बनाउँदै रुपन्देहीको न्यू सिर्जना युवा क्लब करौजिया १८ औं लिस्नु कप फुटबलको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

पशुपति माविको मैदानमा बुधबार भएको खेलमा न्यू सिर्जनाले मुम्बईलाई ट्राइब्रेकरमा ३-२ गोल अन्तरले पाखा लगाएको हो ।

७० मिनेटको निर्धारित समयमा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । ट्राइब्रेकरमा न्यू सिर्जनाका प्रवेश क्षेत्री, हिमाल थापा र दिपु थापाको प्रहार गोलमा परिणत भएको थियो । न्यू सिर्जनाकै विनोद रानाको प्रहार बाहिरियो भने नवीन थापाको प्रहारलाई विपक्षी गोलरक्षकले बचाउ गरे ।

पाहुना टिम दादर ११ मुम्बईका चुरामणि र विक्कल गुरुङले आफ्नो प्रहारलाई जाली चुमाउँदा बिज्जु गुरुङ र सुजनको प्रहारलाई न्यू सिर्जनाका गोल रक्षकले असफल तुल्याए । दिपु गुरुङको प्रहार बाहिँरिदा नतिजा घरेलु टिमको पक्षमा आयो ।

खेलमा न्यू सिर्जनाका गोल रक्षक हरि बुढा म्यान अफ द म्याच घोषित भए ।

अब साउन १४ गते सोमबार पहिलो क्वाटर फाइनल खेल आयोजक लिस्नु युवा क्लब कोटिहवा रुपन्देही र फर्साटिकर युवा क्लब फर्साटिकरबीच हुने खेल संयोजक बुद्धिप्रसाद गुरुङले जानकारी दिए ।

साउन २१ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले एक लाख ५० हजार र सेमिफाइनलमा पुग्ने दुई टिमले २५ हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment