+
+

दिपायललाई प्रदेश राजधानी बनाउनु पर्ने डोटीका सांसदको अडान

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ३१ गते १७:२७

३१ डोटी, साउन । डोटीका सांसदहरुले दिपायललाई नै प्रदेश ७ को स्थायी राजधानी बनाउनुपर्ने अडान राखेका छन् ।

स्थानीय तहका जनप्रतिनिधिहरुसहित सांसदहरुले प्रदेश राजधानी माग गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

डोटी प्रदेश सभा ‘क’ बाट निर्वाति सांसद भरतबहादुर खड्का र समानुपातिक सांसदद्वय पूर्ण जोशी र अर्चना गहतराजले प्रदेश राजधानी दिपायल हुनु पर्ने मागको ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन् ।

यसअघि साउन २२ गते दिपायल राजधानीका लागि आन्दोलनरत टोलीले ज्ञापनपत्र बुझाउँदा सांसद खड्काको सहभागिता थियो ।

नेपालको संबिधानको धारा २८८ को उपधारा २ मा ‘प्रदेशको राजधानी सम्बन्धित प्रदेश सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाई बहुमतबाट निर्णय भए बमोजिम हुनेछ’ भन्ने उल्लेख गरिएको छ ।

तर, सांसदहरु भने राजधानी माग्दै ज्ञापन पत्र बुझाउँदै छन् । यसअघि राजधानी दिपायल कायम गर्न सरकारलाई दवाव दिन भन्दै डोटीमा भएको आन्दोलनमा पनि सांसदहरुको सहभागिता रहेको थियो । आन्दोलनकारीहरुले सुरु गरेको रिले अनसनमा समेत सांसदहरुले आशन जमाएका थिए ।

डोटीबाट प्रदेश सभामा नेपाली कांग्रेसको तर्फबाट प्रत्यक्ष सांसद भरतबहादुर खड्का, साविकको नेकपा एमालेको तर्फबाट समानुपातिक सांसदद्वय पूणर्ा जोशी र अर्चना गहतराज र साविकको माओवादी केन्द्रको तर्फबाट सांसद त्रिलोचन भट्ट रहेका छन् । सांसद खड्का संबिधान जारी हुँदा संबिधान सभा सदस्य समेत थिए ।

प्रदेश सभामा प्रतिनिधित्व गर्ने चार सांसदमध्ये आन्दोलनमा अनसनसमेत बसेका डोटी प्रदेश सभा ‘ख’ बाट निर्वाचित सांसद भट्ट प्रदेशका मुख्यमन्त्री छन् भने अन्य तीन जना सांसदहरु राजधानी माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै आएका छन् ।

अझ रमाइलो पक्ष त के छ भने आन्दोलन गर्ने, ज्ञापन पत्र बुझाउने कुनै पनि सांसदले प्रदेश राजधानी दिपायल हुनु पर्ने माग सदनमा राखेका छैनन् ।

संबिधानतः निर्णायक ठाउँ सदन हुँदाहुँदै पनि माग टेवल गर्न नसक्ने तर ज्ञापन पत्र बुझाउँदै हिड्ने आफ्ना जनप्रतिनिधिहरुप्रति डोटेली जनताले संका गर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?