१८ भदौ, काठमाडौं । ब्राजिलका विश्वकप विजेता खेलाडी रोनाल्डोले स्पेनिस क्लब रियल भायाडोलिडको ५१ प्रतिशत सेयर किनेका छन् ।
१८ वर्षे फुटबल जीवनमा उनले ब्राजिलको राष्ट्रिय टिमसँगै रियल मड्रिड, इन्टर मिलान, एसी मिलान, बार्सिलोनाजस्ता क्लबमार्फत क्बल फुटबल खेलेका थिए ।
स्पेनिस ला लिगाको नवप्रवेशी क्बलको सेयर किनेर आफ्नो समयका उत्कृष्ट खेलाडी रोनाल्डो एकपटक फेरि फुटबलमा जोडिएका हुन् । ‘रोनाल्डोको आगमनले रियल भायाडोलिडको परिचय राम्रो बनेको छ । अझै उत्कृष्ट बन्दै अघि बढ्न त्यसले मद्धत पुग्नेछ’ क्लबका अध्यक्ष कार्लोस स्वारेजले भने ।
रोनाल्डोले ब्राजिलको राष्ट्रिय टिमबाट ६२ गोल गरेका छन्, जसमा दुई गोल २००२ को विश्वकप फाइनलमा जर्मनीलाई हराउँदा महत्वपूर्ण बनेको थियो ।
रोनाल्डोले सोमबार भएको पत्रकार सम्मेलनमा भने, रोनाल्डोले सोमबार भएको पत्रकार सम्मेलनमा भने, ‘मैले फुटबल जीवनमा फरक फरक अवस्था पार गर्दै आएको छु । फुटबल मेरा लागि एउटा प्यासन हो । अहिलेको नयाँ जिम्मेवारी पनि त्यसैको एक रुप हो ।’
रोनाल्डोले सन् १९९७ र २००२ को फिफा वर्ष उत्कृष्ट खेलाडीको अवार्ड पनि जितेका थिए ।
प्रतिक्रिया 4