Comments Add Comment

‘विजय यात्रा’: यामाहाको दसैं योजना

१९ भदौ, काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले महान चाड दसैं र तिहारलाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ ।

‘विजय यात्रा’ नाम दिइएको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले कम्तीमा सात हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म नगद छुट पाउनेछन् । त्यसैगरी, हरेक हप्ता हुने लकी ड्रमा एक जनाले ब्रान्ड न्यु यामाहा आर३ जित्न सकिनेछ ।

‘चाडवाडको रौनकलाई अझ उल्लासमय बनाउन हामीले यो अफर ल्याएका हौं । हामीलाई आशा छ नगद छुट र साप्ताहिक लकी ड्रले हाम्रा ग्राहकलाई रोमाञ्चित गराउनेछ,’ यामाहा डिभिजनका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी शाहले भने ।

नयाँ योजनाअनुसार यामाहा मोटरसाइकल वा स्कुटरको खरिदमा ग्राहकले स्क्र्याचकार्डमार्फत कम्तीमा सात हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म नगद छुट पाउनेछन् ।

साथै, यामाहाका ग्राहकले साप्ताहिक रुपमा हुने लक्की ड्रमा यामाहा आर३ जित्न सक्नुहुनेछ । यो लक्की ड्रको प्रत्यक्ष प्रसारण टेलिभिजन र यामाहा नेपालको फेसबुक पेजमा प्रत्यक्ष प्रसारण हुनेछ ।

यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको आर र एफजी सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन -एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका बाइकहरुमा माइलेज बढी पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment