Comments Add Comment

तासीलाई हुन्डाई ओपन गल्फ टुर्नामेन्टको उपाधि

३ चैत, काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई गल्फ टुर्नामेन्ट चैत्र १ र २ गते गोकर्ण गल्फ रिसोर्टमा आयोजना गरिएको थियो । यो प्रतियोगितामा १०८ गल्फरको सहभागीता रहेको थियो ।

प्रतियोगिता स्र्टेबल फोर्ड विधाअन्तर्गत खेलिएको थियो । नेपालको लागी दक्षिण कोरियाको राजदूत पार्क योङ सिक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले विजयताहरुलाई पुरस्कार वितरण गरेका थिए ।

तासी दोङले हुन्डाई ओपन गल्फ टुर्नामेन्टको उपाधी जितेका छन् । तासीले समान अंक बनाएको माधव सिम्खडालाई काउण्ट ब्याकको आधारमा पछि पारेका थिए ।

उपाधिसँगै तासीले एक लाखबीस हजार रुपौया बराबरको गार्मीन अप्रोचएस् ६० प्रि मियम जिपिएस् गल्फ घडी र बस्नेल भी-४ रेन्जफाइन्दर पुरस्कार पाए । रनर अफभएको माधवले उपाधिसँगै गार्मीन एस ६० जिपि एस् गल्फ घडी पुरस्कार पाए । काउण्ट ब्याकमा ३८ अंक बनाएका संगम केसी दोस्रो रनर अप हुँदै गार्मीन अप्रोच एक २० जीपि एस् गल्फ घडी पुरस्कार पाए ।

३८ग्रोस अंक बनाउँदै तासी छिरिङ ले बेस्ट ग्रोसको उपाधिका साथै गार्मीन अप्रोच एस ६० पि्रमियम जिपि एस गल्फ घडी जिते । ३७अंकका साथ सिनियर तर्फको उपाधी गोपाल चित्रकारले जिते । १९ अंकका साथ जुनियर तर्फ सत्भाव आचार्य पहिलो भए । महिलातर्फ ३० अंक बनाउदै कल्याणी मोक्तान पहिलो भईन । तीनै विधाका विजयताले गार्मीन अप्रोच एस २० जिपि एस गल्फ घडी जिते ।

३८ अंकका साथ समिर आचार्यले हुन्डाई कार वीनर अन्तर्गतको विधामा जितेका छन् । क्लोजेस्ट टु द पिनमा गौरव शाह लंगेस्ट ड्राइभमा साम दोवलड र मोस्ट बर्डीमा तासी छिरिङ विजयी भए । तीनै विधाका विजयताले गार्मीन अप्रोच एस २० जिपि एस गल्फ घडी जिते ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment