
२ चैत, काठमाडौं । लयात्मकरुपमा वेद वाचनमा पोख्त एकाघरका चार दिदीबहिनीले वेद वाचन गरेको समाचार अनलाइनखबरमा प्रकाशित भएपछि सोसियल मिडियामा सुन्दास दिदीबहिनी चर्चित बनेका छन् ।
सुन्दास दिदीबहिनीहरुले सोसियल मिडियामा चर्चा पाउनुअगावै उनीहरुको प्रतिभाबाट प्रधानमन्त्री केपी ओलीसमेत प्रभावित भएका छन् । र, उनले निवासमै बोलाएर वेद श्रवण गरेका छन् ।
विभिन्न समारोहमा वेदवाचन गर्दै आएका चार दिदीबहिनीमध्ये माइली बहिनी मनिता सुन्दासले अनलाइनखबरसँग भनिन्- ‘प्रधानमन्त्रीले बोलाएर हामीलाई वेद पढ्न लगाउनुभयो, उहाँ खुशी हुनुभयो र फेरि बोलाउँछु भन्नुभएको छ ।’
वेद वाचनमा पोख्त सुन्दास दिदीबहिनीहरुको प्रतिभाबारे पत्रकार बिनु पोखरेलले अनलाइनखबरमा पहिलोचोटि लेखेकी थिइन् । यहाँ हामीले उनै चार दिदीबहिनीको प्रतिभाबारे बिनु पोखरेलले तयार पारेको भिडियो स्टोरी प्रस्तुत गरेका छौं ।
हेर्नुहोस् भिडियो
प्रतिक्रिया 4