Comments Add Comment

ला लिगा अमेरिकामा खेलाउने योजनाको लोपेटेगीले गरे आलोचना

काठमाडौं । रियल मड्रिडका प्रशिक्षक जुलेन लोपेटेगीले ला लिगाका खेल अमेरिकामा खेलाउने योजनाको आलोचना गरेका छन् ।

डिफेण्डिङ च्याम्पियन बार्सिलोना र जिरोनाका साथै ला लिगाले हालै मात्र अमेरिकामा खेलका लागि स्पेनिस फुटबल महासंघलाई आग्रह गरेको थियो । जनवरी २६ मा मयामीमा बार्सिलोना र जिरोनाको खेल गराउने योजना छ ।

स्पेनका पूर्व प्रशिक्षक समेत रहेका लोपेटेगीले आफू अमेरिकामा खेल्ने पक्षमा नभएको बताएका हुन् । ‘जे भइरहेको छ, म यसको पक्षमा छैन’ उनले भने, ‘यसले लिगलाई समान बनाउँदैन । प्रत्येक टिमले समान आधारमा खेल्न पाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment